
नयाँ विकल्प,
काठमाडाैं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा २ बजे बस्ने बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ।
एमाले विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षले तीन दिन भित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरे पनि कार्यदलको बैठक एक पटक मात्रै बसेको छ।
तीन दिन समय पाएको कार्यदलले आफ्नो अवधिमा एउटा मात्रै बैठक राखेको हो।
बिहिबार बस्ने भनिएको कार्यदल बैठक अन्तिम समयमा स्थगित भएको थियो। कार्यदलको बैठक आज ५ बजेको लागि बोलाइएको छ। राष्ट्रिय सभाको उपनिर्वाचनलाई मध्यनजर गरेर आजको बैठक बोलाइएको हो।
राष्ट्रिय सभा उपनिर्वाचनमा ओली र नेपाल पक्षले आ-आफ्ना उम्मेदवार उठाएका छन्। ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उमेदवार छन्।
नेपालका तर्फबाट खिमलाल देवकोटा उम्मेदवार बनेका छन्। वागमती प्रदेशका प्रदेश र स्थानीय तहमा एमालेको बहुमत रहे पनि नेपाल पक्ष विभाजित हुँदा मत बाँडिने निश्चित छ।
देवकोटलाई कांग्रेस-माओवादीको समर्थन छ। बादल एमाले उमेदवार हुन भने देवकोटा स्वतन्त्र हुन्। बादलको जित-हारले एमाले एकतालाई निर्धारण गर्ने ओली पक्षीय नेताले सार्वजनिक गरेका छन्।
स्थायी कमिटी बैठक सकेलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...