
नयाँ बिकल्प,
काठमाडौ । बहालवाल गृहमन्त्री तथा सत्तारुढ नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका रामबहादुर थापा बादललाई पराजित गर्दै कलम चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका संघीयताबिद् डा. खिमलाल देबकोटा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाओबादी, जनता समाजबादी पार्टी र एमालेको माधव नेपाल पक्षको समर्थनमा देबकोटा निर्वाचित भएका हुन् । उनले ५०८८ मतभार प्राप्त गरेका थिए ।
एमालेबाट उम्मेदवार बनेका गृहमन्त्री बादलले भने ४०१४ मतभार पाएका थिए । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामांगले १३२ मतभार पाएका थिए ।
बागमति प्रदेश सभाका १०९ सांसदमध्ये ५८ जना र स्थानीय तहका २३८ प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षमध्ये १२८ जनाले स्वतन्त्र उम्मेदवार डा. देवकोटाको पक्षमा मतदान गरेका थिए ।
४५ जना प्रदेश सभा सांसद र १०३ प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षले बादलको पक्षमा मत दिएका थिए । नेमकिपाका कृष्णबहादुरलाई २ प्रदेश सभा सदस्य र २ स्थानीय तहका प्रतिनिधिले मत दिएका थिए । मतदानमा ४ प्रदेश सांसद र ५ स्थानीय तहका प्रातिनिधि उपस्थित भएनन् ।
स्रोतका अनुसार नुवाकोटको स्थानीय ,तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमध्ये देवकोटाले २५ र बादलले ५, ललितपुरमा देवकोटाले १७ र बादलले ७, धादिगमा देबकोटाले १९ र बादलले ११ र सिन्धुपाल्चोकमा देवकोटाले २६ र बादलले ३ मत पाएका थिए ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...