कांग्रेसको आकस्मिक बैठक बुढानिलकण्ठमा सूरू – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कांग्रेसको आकस्मिक बैठक बुढानिलकण्ठमा सूरू

फाइल फाेटाे


नयाँ विकल्प,


काठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक देउवा निवास बुढानिलकण्ठमा सूरू भएकाे छ ।

बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरू समेत उपस्थित रहेकाे सभापति देउवाका स्वकिय सचिव भानु देउवाले नयाँ विकल्पलाई बताए ।

विहिबार राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्ने प्रयोजनका लागि समय दिएपछि कांग्रेसले आकस्मिक बैठक बाेलाएकाे हाे ।

प्रधानमन्त्रीले विश्वासको मत नलिई/राजीनामा नदिई संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको आह्वान गर्नुलाई कांग्रेसले असैवैधानिक भएकाे जनाएकाे छ ।

प्रधानमन्त्री ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो तर विश्वासको मत आउने अवस्था नरहेको भन्दै अर्को उपधाराअनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्म राष्ट्रपतिले समय दिएकी छन्।

राष्ट्रपति संविधानअनुसार अगाडि नबढेकोले महाअभियोग लगाउनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ। साथै वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाटै संविधान मिच्ने काम भइरहेकोमा विरोध गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान फाल्ने षड्यन्त्र गरिरहेकोले लोकतन्त्र तथा संविधान रक्षाका लागि कांग्रेसले आजकाे बैठकबाट महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएकाे छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ७, ०९: ३४

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ७, ०९: ३४

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ७, ०९: ३४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...