देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड र माधव नेपाल सहभागी – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड र माधव नेपाल सहभागी


नयाँ विकल्प,


काठमाडाैं- नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल बुढानिलकण्ठ पुगेका छन् ।

प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ पनि छन्। कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ। संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न राष्ट्रपतिले बिहीबार थोरै समय दिएर दलहरूलाई आह्वान गरेकी थिइन्।

उक्त समय आज अपरान्ह ५ बजेसम्म मात्रै छ। संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई/राजीनामा नदिई नयाँ उपधाराअनुसार राष्ट्रपतिले सरकार बनाउन दलहरूलाई आह्वान गरेपछि संविधानको मर्म र भावनाविपरीत राष्ट्रपतिले कदम चालेको आरोप कांग्रेसको छ।


आज देउवा निवासमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीलाई हटाउनुपर्ने र त्यसका लागि सबै विकल्प खुला राखेर अरू दलसँग छलफल गर्ने निर्णय भएको थियो भने राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनेबारे छलफल भएको थियो।

राष्ट्रपतिले संविधानविपरीत काम गरेकोले यसबारे के गर्ने भन्ने दलहरूसँग छलफल गरी निर्णयमा पुगिने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ७, १२: १२

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ७, १२: १२

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ७, १२: १२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...