प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई बहुमत सांसद १४९ काे समर्थन – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
अंकगणित यसरी यसरी चिप्लिए ओली

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई बहुमत सांसद १४९ काे समर्थन


नयाँ विकल्प,


काठमाडाैं- प्रमुख प्रतिपिक्षी दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा बहुमत सांसदकाे समर्थन सहित प्रधानमन्त्रीकाे दावी गर्न राष्ट्रपति भवन शितल निवास पुगेका छन् ।

देउवालाइ सत्तारूढ नेकपा एमालेकाे माधव नेपाल समूहका २७ एमाले सांसद र जसपाका १३ जना नेपाली कांग्रेसका ६१ जना तथा माओवादी केन्द्रका ४९ जना सांसद सदस्यले समर्रथन गर्दै हस्ताक्षर गरेका छन् ।


सभापति शेरबहादु देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्तुत गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीकाे बहिर्गमन निश्चित जस्तै बनेकाे छ ।

शुक्रबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बसेको गठबन्धनको बैठकमा हस्ताक्षर संकलन पछि बहुमतकाे प्रधानमन्त्री दावी पेश गर्न विपक्षि दलका नेता शितल निवाश पुगेका हुन् ।


देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेको माधवकुमार नेपाल समूहका २७ सांसदले हस्ताक्षर गरेका छन्। वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत माग्दा नेपाल समूहका २७ जना सांसद अनुपस्थित थिए।

देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्तावमा जनता समाजवादी पार्टीको उपेन्द्र यादव, बाबुराम भट्टराई समूहका १३ जनाले हस्ताक्षर गरेका छन्।

यसरी चिप्लिए ओली


प्रतिनिधि सभामा सबैभन्दा ठूलाे दल नेकपा एमाले भित्रकाे विवाद मिलाउन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदबाटै हटाइने भएका हुन् ।

एमालेका १२१ जना सांसद कायम रहेकाे अबस्थामा जनता समाजवादी पार्टीलाइ तटस्थ राख्ने र विपक्षी दललाइ बहुमत पुर्याउन नदिने दाउमा रहेका ओली जव चिप्लिए तव उनकै पार्टीका २७ जना सांसदले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवालाइ प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरे ।

अब ओलीले विपक्षी दलका नेतालाइ समर्थन गर्ने २७ जना सांसदलाइ निलम्बन गरेभनेपनि शेरबहादुर देउवालाइ प्रधानमन्त्री बन्ने बाटाे खुला रहने छ ।

संघीय संसदमा हाल २ सय ७१ जना सांसद कायम छन् । माधव पक्षका २७ जना सांसदलाइ कारवाही गरे संसदकाे संख्या खुम्चिन गइ २ सय ४४ मा झर्छ ।

त्यसपछि विपक्षी दलले १२३ जनाकाे समर्थनमा बहुमत पुर्याउन सक्छ नेपाली कांग्रेसका ६१ माओवादी केन्द्रका ४९ र जसपाका १३ जना सांसदले समर्थन गरेपनि बहुमत पुग्छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ७, १६: ०९

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ७, १६: ०९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ७, १६: ०९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...