
नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सन्की र राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको मतियार भएको टिप्पणी गरेका छन् ।
राष्ट्रपति भण्डारीले आव्हान गरे बमोजिम संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधिसभाका बहुमत १४९ जना सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरेपछि नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार राति बसेको मन्त्रिपरिषदको सिफारिसमा शनिबार बिहान १ बजे प्रतिनिधिसभा विघटन गरेपछि नेता थापाले समाजिक सञ्जाल ट्विटरमा ट्विट पोष्ट गर्दै यस्तो आक्रोस पोखेका हुन् ।
थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका भन्दै महामारीमा यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् भनी उल्लेख गरेका छन् ।
थापाले राजनीतिक दलका नेताहरुलाई समेत अलमलिएर खुट्टा नकमाई सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आग्रह गरेका छन् ।
‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद, विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन, विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन कस्तो सेटिङ ? प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए’ थापाको ट्विटमा उल्लेख छ ।

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...