राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महंगो पर्नेछ – प्रवक्ता शर्मा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महंगो पर्नेछ – प्रवक्ता शर्मा


नयाँ बिकल्प,
काठमाडौं । कोरोना संत्रमणको महाव्याधिले जनता अक्रान्त भएको बेला प्रतिनिधिसभा विघटन गरी मध्वधि निर्वाचनको घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको बलात्कार भएको टिप्पणी गरेका छन् ।

शनिबार बिहान ट्विट गर्दै शर्माले राष्ट्रपति र प्रधानमन्त्रीको महाब्याधिको बेला मध्यवधि निर्वाचनको रंगीन सपना र संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महंगो पर्ने चेतावनी समेत दिएका छन् ।

शर्माले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमप्रति लक्षित गर्दै ‘अहंकारको बृक्षमा बिनाशको फल लाग्छ’ भन्दै महाभारतको संक्षिप्त सारलाई उधृत गरेका छन् । शर्माले महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि दिएको भनेर आक्रोस व्यक्त गरेका छन् ।

‘इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकबादको हाइवेको भ्रममा । तर प्रधानमन्त्री हेक्का रहोस, जनतापछि होइन अघि हुनेछन्, हामी अघि बढ्नेछौं, जीत जनताको हुनेछ, लोकतन्त्रको हुनेछ र संविधानलाई पुनजीवन दिइनेछ’ शर्माले आफ्नो अर्को ट्विटमा पोष्ट गर्दै लेखेका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ८, ११: २८

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ८, ११: २८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ८, ११: २८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...