
नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका सबै आयुक्तलाई आफ्नो सरकारी निवास बालुवाटार बोलाएर पार्टीका नेतासँगै राखेर छलफल गरेका छन् ।
शनिबार बिहान २ बजे राति प्रतिनिधिसभा भंग गरी राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक २६ र मंसिर ३ मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् । निर्वाचनको तयारीको बिषयमा भन्दै ओलीले बोलाएको छलफलमा पार्टी नेताहरु पनि सहभागी भएका छन् ।
ओलीले बोलाएको सो छलफलमा एमाले नेता सुभाषचन्द्र नेम्वाङ र पूर्वमहान्यायाधिवक्ता अग्नीप्रसाद खरेल उपस्थित छन् । उनीहरुले आगामी निर्वाचनमा साधन स्रोतको परिचालन, कर्मचारी परिचालन र निर्वाचन सामग्री खरिदका विषयमा चासो दिएका थिए ।
छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल पनि सहभागी छन् । बिहान ११ बजेदेखि शुरु बैठकमा मध्यावधि निर्वाचनमा एमालेको पक्षमा कसरी साधन स्रोतको दुरुपयोग गर्न सकिन्छ भन्ने सुझाव दिएका नेम्वाङ र खरेलको जुक्ति आयुक्तहरुलाई सुनाइएको थियो ।
निर्वाचन आयोग जस्तो संवैधानिक निकायका प्रमुखले राजनीतिक दलका नेतासँग अनौपचारिक छलफललाई कार्यकारी सरकारको कठपुतलीको रुपमा निर्वाचन आयोग नाच्ने संकेत देखिएको छ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...