राष्ट्रपतिद्वारा संबिधान मथि ‘कू’ संसद विघटन असंवैधानिक -केन्द्रीय सदस्य गिरी – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

राष्ट्रपतिद्वारा संबिधान मथि ‘कू’ संसद विघटन असंवैधानिक -केन्द्रीय सदस्य गिरी


नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले राष्ट्रपति बिद्यादेवी भण्डारीबाट नेपालको संबिधान च्यात्तिएको आरोप लागाउदै १४९ जना बहुमत सांसदको समर्थन लत्याएर प्रधानमन्त्रीमा दाबी पुगेन भन्नु र मध्यरातमा ज्ञानेन्द्र शैली अपनाउदै संसद विघटन गर्नु घोर निन्दनीय भएको बताएका छन् ।

शनिबार बिहान राति प्रतिनिधिसभा विघटन गरेको घटनाप्रति संक्षिप्त प्रतिक्रिया दिँदै नेता गिरीले राष्ट्रपतिको यस्तो कदम निरंकुश र असंवैधानिक भएको र नहुने चुनावको घोषणा गरेर राष्ट्रपति र प्रधानमन्त्रीले सत्ता लम्ब्याउने मात्रै काम गरेको आरोप लगाए ।

कांग्रेस केन्द्रीय सदस्य गिरीले भने, ‘चुनाब ज्ञानेन्द्र शाहले पनि घोषणा गरेका थिए । न चुनाब भयो न राजसंस्था नै रह्यो । रास्ट्रपति र प्रधानमन्त्री नेपालको संबिधान च्यात्न लागिपरेको देखियो । उनिहरुले छिट्टै ज्ञानेन्द्रको नियती भोग्न पर्ने छ।’

अब नेपालको राजनीति नयाँ द्वन्द र भिडन्तमा जाने खतरापूर्ण अबस्था आउन सक्ने भन्दै गिरीले कांग्रेसले कुनै पनि मुल्य चुकाउन किन नपरोस संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को संरक्षण गर्ने बाटोमा लाग्नु पर्नेमा जोड दिए ।

सत्तामा बसेर बिगत तीन बर्षदेखि प्रधानमन्त्रीको जाल, झेल, षड्यन्त्र र तिकडमलाई साथ ,सहयोग र समर्थन गर्दै रास्ट्रपति भण्डारीले पदिय मर्यादा र इज्जत गुमाउँदै आइरहेको धारणा राख्दै उनले १४९ जना बहुमत सांसदहरुको समर्थन लाई लत्याएर उनले के पी ओलीको पक्षपोषण गरेकी गिरीले आरोप लगाए ।

नेता गिरीले नेपाली जनताको भरोसा, बिश्वास र सहभागितामा आएको नेपालको संबिधान र परिबर्तनलाई समाप्त पार्ने तर्फ प्रधानमन्त्री र राष्ट्रपति सक्रिय रहेकोले मुलुक नयाँ द्वन्द र भिडन्त मा प्रबेश गर्ने खतरा रहेको गिरीले आंैल्याए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ ८, १४: १२

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ ८, १४: १२

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ ८, १४: १२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...