
नयाँ विकल्प,
काठमाडाैं- रोल्पाको जंगलमा नौ सय ७० राउन्ड गोली फेला परेको छ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ रामपुर गाउँ नजिकैको एक सामुदायिक वनको बाँस घारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा ती गोली फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय राेल्पका अनुसार एसएमजीमा प्रयोग हुने म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान गरी २५ थान म्याग्जिन बरामद भएको छ ।
बाँसघारीमा बाँसको पातले छोपेर लुकाएर राखेको अवस्थामा शनिबार बेलुका ती गोली भेटिएका हुन। स्थानीयको सुराकीको आधारमा प्रहरी त्यहाँ पुगेर हेर्दा ठूलो मात्रामा गोली बरामद भएको र गोली बरामद भएको क्षेत्रमा थप हुन सक्ने आशंकामा खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।
केही समयअघि त्रिवेणी रामपुर गाउँ क्षेत्र र आसपासको जंगलामा ठूलो आगजनी भएको हुँदा घरभित्र लुकाएर राखिएका गोली सुरक्षाको लागि जंगल र बाँस घारीमा लुकाएर राखिएको हुन सक्ने प्रहरीले जनाएकाे छ ।
उक्त क्षेत्रमा नेपाली सेनाको बटुक दल गणको दहवनस्थित गुल्मको टोलीले थप खोज तथा अनुसन्धान जारी राखेको छ । गत वर्षमात्रै त्रिवेणी गाउँपालिका-७ मा बेवारिसे बम विष्फोट हुँदा बाख्रा गोठाला गएका ४ बालकको मृत्यु भएको थियो।
त्यस्तै गत साल असोजमा पनि नेपाली सेनाले रोल्पाको जंगलमा लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा हात हतियार फेला पारेको थियो।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग...
रसुवा : भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१...
काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय...