
नयाँ बिकल्प,
काठमाडौं । नेपाल प्रेस युनियनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ छ गते गरेको प्रतिनिधिसभा विघटनको घटनाप्रति घोर आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षर सहित संविधान बमोजिम सरकारको दाबी गरे पनि त्यसलाई स्वीकार नगर्ने र प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा भंग गर्ने राष्ट्रपतिको कदमलाई पदिय गरिमा विपरित भनी टिप्पणी गरेको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संसद विघटन गर्ने कार्यले जनप्रतिनिधिमुलक संस्था संसदको अस्तित्वलाई अश्वीकार गर्ने कार्य संघीय लोकतान्त्रिक गणतन्त्र बिरुद्ध रहेको भन्दै युनियनले संविधानले प्रत्याभूत गरेको नेपालीको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता धरापमा परेकोले त्यसका बिरुद्ध जस्तोसुकै आन्दोलन गर्न तयार रहेको जनाएको छ ।
युनियनका अध्यक्ष बद्री सिग्देलद्धारा जारी विज्ञप्तिमा कोरानो संक्रमणका कारण जनता असुरक्षीत भएको भन्दै त्यसका लागि सरकारलाई दबाब दिन नागरिक समाजलाई समेत युनियनले आव्हान गरेको छ ।
कोभिडका कारण दर्जनौ पत्रकारको निधन भएको, सयौं संक्रमित भएको भन्दै संक्रमित पत्रकारहरुलाई सहयोग पुर्याउने उदेश्यले प्रेस युनियनले एउटा कोष स्थापना गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले आगामी १३ र १४ गते हुने भनिएको युनियनको महाधिवेशन कोभिड १९ को संक्रमणका कारण स्थगित गर्ने निर्णय गरेको छ ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...