
नयाँ बिकल्प,
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकता सम्वन्धित विवादित अध्यादेशको बिरोध जनाउँदै नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अध्यादेश फिर्ता लिन चेतावनी दिएको छ ।
नेकपाका महासचि चन्दले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारले सत्तासंकट टार्न अध्यादेश ल्याएको ठहर गर्दै त्यो फिर्ता लिन चेतावनी दिएको हो । विप्लवले नागरिकताजस्तो राष्ट्रिय महत्व र जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक हुने बताएका छन् ।
उनले जनमत र विज्ञको परामर्श गर्नुको साटो सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्तो निर्णय लिएको भन्दै त्यस्तो हो भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
चन्दले सो अध्यादेश राष्ट्रहित विपरित भएको ठहर गर्दै त्यस्तो कार्य नहोस भन्न त्यस्ता निर्णय खोरेज गर्न केपी ओली नेतृत्वको सरकारलाई चेतावनी दिएका छन् ।
हेर्नुस् विप्लवको चेतावनीयुक्त बक्तव्य –

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...