
नयाँ बिकल्प,
काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै बहराइनले नेपालबाट आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
यसअघि जर्मनी, जापान, मलेसिया र कतारसहित ५ वटा देशले नेपालमा कोरोना संक्रमण नियन्त्रणबाहिर भएको भन्दै नेपालबाट आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका थिए । ति देशले आफ्नो देशका नागरिकलाई भने चार्टड फ्लाईटमार्फत स्वाथ्य मापदण्ड पुरा गरी आफ्नो देश आउनसक्ने जनाएका थिए ।
कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई बहराईनले ‘रेड लिष्ट’मा राख्दै ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको छ । तर आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको जनाइएको छ ।
बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पिसिआरको रिपोर्ट देखाउनु पर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखिएको छ । नेपालबाट बहराईन आउने खोप लगाएका वा नलगाएका दुवै प्रकारका आफ्ना नागरिकहरुलाई पनि बहराइनले १० दिने क्वारेन्टाइन अनिवार्य गरेको छ ।
कोरोना संक्रमणको उच्च जोखिम भएका नेपालसहित एसियाली मुलुकहरु भारत, पाकिस्तान, श्रीलङ्का र बंलादेशबाट पनि बहराइन जान प्रतिवन्ध लगाइएको छ । यसअघि क्यानडाले पनि भारत र पाकिस्तानबाट आउनेहरुलाई आउन नपाउने व्यवस्था गरेको थियो ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...