
नयाँ बिकलप,
काठमाडौं । नेपालका लागि भारतका पूर्वराजदूत रन्जित रेले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते संघीय संसदको प्रतिनिधिसभा विघटनको घटनालाई भारतले समर्थन नगर्ने बिचार व्यक्त गरेको छन् ।
भारतीय दैनिक पत्रिका हिन्दुस्तान टाईम्सको सोमबार प्रकाशित अनसंस्करणमा प्रकाशित रेको लेखमा यस्तो धारणा राखेका हुन् ।
उनले संसद विघटनको घटनाले नेपालको लोकतन्त्रमाथि ठूलो चुनौति थपिएको भन्दै त्यस्तो कार्यको भारतले समर्थन नगर्ने दाबी समेत गरेका छन् ।
प्रतिनिधिसभा विघटन गरेर सरकारले अधिनायकबादी शासन गर्ने तर्फ अघि बढेको भन्दै सो घटनाले संवैधानिक सरकारलाई उल्टाएको र देशमा थप असान्ति र राजनीति द्धन्द्धतर्फ धकेलिय निम्त्याउने तर्फ धकेलिदिएको रेले दाबी गरेका छन् ।
उनले आफ्नो लेखमा नेपालले फैलँदो महामारीसँग मुकाबिला गरिरहेको बेला सरकारको यस्तो कदमले भविश्यमा स्थायीत्व नदिने दाबी गरेका छन् । ‘भारतले नेपालको राजनीतिक स्थायित्व चाहन्छ । बाह्यि प्रभावले नेपाल कमजोर बनाएको छ ।
भारतले नेपालाई पहिलो चरणमा कोभिड १९ को खोप पठाईसकेको र फेरि अर्को डोज आपूर्ती गर्न गइरहेको छ’, रेले आफ्नो लेखमा भनेका छन् ।
भारत सँधै संवैधानिक सरकारलाई समर्थन गर्ने अवस्थामा रहेको कुरा सार्वजनिक गर्दै आइरहेको भन्दै उनले नेपालको बढ्ददो राजनीतिक घटनाक्रममा भारतले ओलीको कदमलाई समर्थन गर्न नसक्ने र उनको विपक्षमा उभिएका राजनीतिक दल र नेपालका राजनीतिकर्मीको पक्षमा रहेको बताएका छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...