प्रदेश सरकारबाट बाहिरिन ओलीले दिएको निर्देशन मानेनन् एमाले सांसदले – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper
सूदुरपश्चिम प्रदेशमा ओलीसमूहका तीन मात्र सांसद, नेपाल समूह धेरै बलियो-

प्रदेश सरकारबाट बाहिरिन ओलीले दिएको निर्देशन मानेनन् एमाले सांसदले


नयाँ बिकल्प,
धनगढी – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेले सुदूरपश्चिम प्रदेश सरकारबाट आफ्ना सांसदलाई बाहिरिन दिएको निर्देशनलाई कार्यान्वयन नहुने भएको छ ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले सूदुरपश्चिम प्रदेशको मन्त्रिपरिषद्मा सहभागी भएका एमालेका सांसदलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

पार्टी स्थायी कमिटको निर्णय बमोजिम एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाई सरकारबाट फिर्ता हुने निर्णय गर्ने निर्देशन दिएका थिए्।

पार्टी स्थायी कमिटीले गरेको निर्णयका बिषयमा छलफल गर्न बुधबार बोलाइएको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारबाट फिर्ता नहुने निर्णय गरेको हो । ५३ सदस्यीय यो प्रदेशमा एमालेका २५ सांसद छन्।

सभामुखबाहेक बुधबारको बैठकमा एमालेका २१ प्रदेशसभा सदस्यहरुको उपस्थितिले तत्कालिन स्थितिमा प्रदेश सरकारमा रहेर एमालेका मन्त्रीहरुले कोरोना संक्रमणबिरुद्ध लड्न र आर्थिक वर्षको बजेट निर्माणको तयारीमा लागेका सरकारबाट फिर्ता नहुने निर्णय गरेको हो।

एमालेको सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको सो बैठकले सरकारबाट नफर्किने निर्णय गरेको हो।

यो निर्णयसँगै सुदूरपश्चिममा एमालेको ओली समूह निकै कमजोर रहेको पुष्टि भएको छ। बुधबारको निर्णयले नेकपा माओबादीका त्रिलोचन भट्टको नेतृत्वको प्रदेश सरकार जोगिने निश्चित भएको छ ।

बैठकमा सभामुख अर्जुन थापा र एमालेका प्रदेश सभाका तीन सांसदहरुमा रतन थापा, लिलाधर भट्ट, गेल्बुसिंह बोहरा भने अनुपस्थित भए । उनीहरु एमाले भित्र प्रधानमन्त्री ओली समूहका सांसद हुन्। यो निर्णयसँगै सुदूरपश्चिममा माधव नेपाल निकै बलियो रहेको साबित भएको छ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको संयुक्त गठबन्धनको सरकार छ। गत चैत्र १५ गते नेकपा एमाले (ओली समूह) को प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो। तर त्यो निर्णयलाई नेपाल समूहले नमानेपछि भट्ट नेतृत्वको प्रदेश सरकार सुरक्षित भएको थियो।

प्रदेश सरकारमा एमालेका ३ जना मन्त्री रहेका छन् । एमाले संसदीय दलका नेता प्रकाश शाह आन्तरिक मामिला तथा कानून मन्त्री छन् भने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट रहेकी छिन्।

केही समयदेखि कानून मन्त्री शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन्। सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना गरि ५३ जना प्रदेश सभा सदस्य रहेका छन्।

माओवादी केन्द्रले एमाले प्रवेश गरेका पूर्वमन्त्री झपट बोहरालाई निस्काष्कान गरेपछि अब माओवादी केन्द्रमा १३ जना मात्रै सांसद छन् ।

ओली समूहका भनिएका प्रदेश सभा विधायन समितिका सभापति नेपालु चौधरी, पठानसिंह बोहरा र माया तामाङ पनि बुधबारको बैठकमा उपस्थित भएर ओली समूह परित्याग गरेको संकेत दिएका छन् ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ १२, १८: ०९

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ १२, १८: ०९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ १२, १८: ०९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...