सरकारको काम जनता जोगाउनभन्दा सत्ता जोगाउन मात्रै केन्द्रित: शर्मा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

सरकारको काम जनता जोगाउनभन्दा सत्ता जोगाउन मात्रै केन्द्रित: शर्मा


नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ध्याना सत्ता जोगाउनमा केन्द्रीत रहेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनको ३१ औं वार्षिकोत्वको अवसरमा बिहीकार युनियनले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले नेपाली जनता कोरोना महामारीको संकटमा ज्यान गुमाइरहेको बेला जनताको ज्यान जोगाउनभन्दा गीत लेख्न र सत्ता जोगाउनमा केन्द्रीत भएको बताएका हुन् ।

‘गत वर्ष कोरोना महामारी चलिरहेको बेला प्रधानमन्त्री ओलीले गीत लेखेर कसैले आँचु चुहाउनु पर्दैन भन्नु भयो तर यही बेला कीर्तिपुरमा सूर्यबहादुर तामाङले खान नपाएर हातमा नाम्लोसहित सडकमा मृत भेटिनुु पर्यो । अहिलेको महामारीमा बागलुङकी धनमाया तामाङले कोरोनाको उपचारको लागि ७ वटा अस्पताल धाएर अन्तिमम पोखराको एक अस्पतालमा मृत्गु बरण गर्नु पर्यो,’ शर्माले भने ।

जनताले नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्न आदेश दिए बमोजिम केपी शर्मा ओली नेतृत्वको सरकारलाइ ५ वर्षसम्म सत्ता चलाउनको लागि सहयोग गरेको तर आफैले सरकार चलाउन सकिन भनेर बहुमतको सरकार निर्माणको लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि कांग्रेसले सत्ताको नेतृत्वको लागि पहल गरेको शर्माले दाबी गरे ।

उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार निर्माणको लागि राष्ट्रपतिले प्रतिनिधिसभाका सदस्यहरुलाई दाबी पेश गर्न आव्हान गरे पछि बहुमत सदस्यसहित दाबी पेश गरिनुलाई निर्ददलियताको अभ्यास नभएर संवैधानिक बाध्यता भएको स्पष्ट पारे ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत एक सय ४९ जना प्रतिनिधिसभाका सदस्यले हस्ताक्षर सहित सरकार निर्माणको लागि पेश गरेको दाबीलाई कुनै परिक्षण नगरी दाबी पुगेन भनेर दिएको निष्कर्ष असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गरे।

राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र र व्यवहारले आज गणतन्त्र र राष्ट्रपति जस्तो गरिमामय संस्थाको आष्था घटाउने काम भएको भन्दै सरकारको लाचार छायाँ राष्ट्रपति विद्यादेवी भण्डारी बनेको आरोप लगाए ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ १३, १२: ३९

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ १३, १२: ३९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ १३, १२: ३९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...