
नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले मुलुकमा यतिवेला सबैभन्दा ठूलो चुनौति विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको नियत्तण र सरकारको असंवैधानिक कदमलाई रोक्नु रहेको बताएका छन्।
नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा युनियनले बिहीबार आयोजना गरेका भर्चुअल कार्यक्रममा शुभकामना दिँदै पार्टी सभापति शेरबहादुर देउवाले जनता कोरोना महामारीको संकटबाट पीडित भएको बेला सरकारले असंवैधानिक कदम चालेर लोकतान्त्र नै संकटमा पारेको बताए।
कोरोना महामारीको बेला जनता उपचार नपाएर मरिरहेको बेला जनता बचाउने काममा ध्यान नदिइ सरकारले एकपछि अर्को गर्दै संविधान मिच्ने काम गरेको दाबी गरे । उनले भने ‘यो सरकारले संविधान बलात्कार गरेको छ, प्रतिनिधिसभा भंग गरेर निरंकुसता चलाउन खोजेको छ ।’
‘राष्ट्रपतिले आव्हान गरेपछि हामीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधिसभाका १४९ जना सदस्यले नयाँ सरकार गठनको लागि दाबी गरेका थियौं’, सभापति देउवाले भने,‘ तर, हाम्रो दाबी पुगेन भनेर हस्ताक्षर गर्ने कोहीसँग सोधखोज नै नगरी प्रधानमन्त्रीले सिफारि गरेको भन्दैमा मध्य राति २ बजे नि संसद भंग गर्नु पर्यो ?’
राष्ट्रपतिले भण्डारीले संविधानको उल्लंघन गरे पनि सर्वोच्च अदालतले आफूहरुलाई न्याय दिने भन्दै देउवाले राष्ट्रपतिले असंवैधानिक कदम चालेका बिरुद्धमा हाम्रो बिरोध भए पनि कोभिड फैलिएका कारण जनतालाई सडकमा नउतारेर जनताको जीवब जोखाउने मुख्य लक्ष्य राखेको खुलासा गरे ।
पार्टीका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संक्रमण नियन्त्रणमा नआई प्रतिनिधसभाको निर्वाचन घोषणा गरे पनि त्यो चुनाव नहुने दाबी गरे । उनले भने ‘अहिले चुनावको घोषणा गरे पनि पछि कोरोनाको कारणले चुनाव गर्न सकिएन भन्ने बहाना बनाएर सत्ता लम्ब्याउने खेलमा एमाले अध्यक्ष ओली लागेको दाबी गरे।
उनले हाल नेपाली कांग्रेससँग कोरोनाबाट जनता बचाउने, सत्ताबाट लोकतन्त्र र संविधान बचाउन र पार्टीको महाधिवेशन निर्धारित समयमा गरे । पार्टी बचाउने चुनौति देखा परेको बताए ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...