
नयाँ बिकल्प,
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली संविधानको मर्म र भावना पिरित सत्तामा आसिन भएको भन्दै दूरगामी प्रभाव पार्ने काम कारबाही नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
देउवाले प्रधानमन्त्री ओली संविधानको मूल मर्म र भावनाविपरीत सरकारमा रहेर संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरु लिइरहेको आरोप लगाउँदै न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरु नलिन र कार्यान्वयन नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
देउवाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरुलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँदछु ।’
उनले कोभिड–१९ को रोकथाम र उपचारमा सरकारको ध्यान केन्द्रित गर्न र निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीलाई पेश गरेको १५ बुँदे ज्ञापन–पत्रलाई गम्भीरताका साथ लिन देउवाले आग्रह समेत गरेका छन् ।


काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...