चिकित्सक र नर्स भन्छन् ‘नो सेक्युरिटी, नो वर्क्स’ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
आक्रमण गर्ने एमाले नेता मानबहादुरलाई मुख्यमन्त्रीको संरक्षण !

चिकित्सक र नर्स भन्छन् ‘नो सेक्युरिटी, नो वर्क्स’


नयाँ बिकलप,
नेपालगञ्ज । कोरोना संक्रमितको उपचारमा नेपालगञ्जको ३५ डिग्रीमाथिको रापिलो गर्मीमा पिपिइ सेट लगाएर दिन रात नभनी उपचारमा खटिएका चिकित्सक र नर्समाथि बिहीबार साँझ आक्रमण गर्नेलाई कारबाही नभएको भन्दै स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

भेरी अस्पतालमा खटिएका डाक्टर र नर्सहरुले शुक्रबार अस्पताल परिषरमा प्लेकार्ड र कालो पट्टी बाँधेर बिरोध गर्दै दोषीलाई कारबाही नगरेसम्म काम गर्न नसक्ने चेतावनी दिएका हुन् । ‘ के स्वास्थ्यकर्मीले सँधै कुटाई नै खाने हो ?’, ‘नो सेक्युरिटी नो वक्र्स’ नारासहित प्रदर्शनमा उत्रिएका हुन्।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका विश्वास पात्र मानबहादु रावतको नेतृत्वमा आएको एक समूहले उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट गरी आधा दर्जनमाथि आक्रण गरी घाइते बनाएका थिए।

यस्तो कार्यका जति विरोध गरे पनि कम हुने भन्दै सामाजिक सञ्जालमा चर्को बिरोध भएको छ । राजनैतिक झण्डा ओढेर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कडा भन्दा कडा कारबाही गरियोस भन्दै स्वास्थ्यकर्मी र राजनीतिक क्षेत्रका व्यक्तित्वहरुले माग गरेका छन्।

उनीहरुको आक्रमणबाट अस्पतालका चिकित्सकहरु डा. दिपक गुप्ता, डा.चन्द्रप्रकाश साहु, डा. समा अन्सारी, नर्सहरु आश्विनी गुरुङ, सदिक्षा गैरै र बन्दना श्रेष्ठ घाइते भएका छन् । दोषीलाई कारबाहीको माग गरेपछि बाँके जिल्ला प्रशासनले दोषीलाई पक्राउ गरेको छ ।

मानबहादुरका पीता डिल्लीबहादुर रावतको उपचारको क्रममा निधन भएपछि मानबहादुर रावतले एक हुल युवा बोलाएर चिकित्सक र नर्समाथि कुटपिट गरेका थिए ।

बिबादस्पद क्षवि भएका मानबहादुरलाई मुख्यमन्त्रीको संरक्षण

मानबहादुर रावत एमालेका प्रदेशस्तरिय नेता हुन् । अहिले दाङ निर्वाचन क्षेत्र नं ३ को इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि छन्। प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका रावत लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका विश्वास पात्र हुन्।

रावत यसअघि सरकारी कर्मचारी थिए। छ महिनाअघि मात्रै सरकारी जागिर छोडेका रावत उरहरी गाउँविकास समितिमा गाविस सचिव थिए। पार्टीको नवौं महाधिवेशन चलिरहेका बेला उनी निवर्चान क्षेत्रका संयोजक पनि बनाइएका थिए।

अधिवेशन तयारीकै लागि देउखुरी पुगेका बेला उनमथि पार्टीकै एक जना महिला कार्यकर्ताले आफूमाथि जवर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। ती महिलाका आफन्तले रावतलाई त्यहाँ कुटपिट पनि गरेका थिए।

त्यसपछि रावतमाथि जवर्जस्ती करणीको आरोपमा लामो समय मुद्दा चलेको थियो । पछि उनलाई अदालतले सफाइ पनि दियो। स्थानीय तह भइसकेपछि उनी वडा कार्यालयमा थिए। त्यहाँ पनि जनप्रतिनिधिलाई होच्याउने र महिला कर्मचारी तथा जनप्रतिनिधिलाई पनि अभद्र व्यवहार गरेका थिए।

एमाले कार्यकर्ताले कारबाहीको माग गर्दै पार्टीमा निवेदन दिएका थिए। त्यसपछि तुलसीपुर उपमहानरपालकिका मेयर घनश्याम पाण्डेले उनलाई आफ्नो स्वकीय सचिव पनि बनाएका थिए। तर पनि उनीविरुद्ध दबाव बढ्न थालेपछि पाण्डेले उनलाई हटाएका थिए।

पटक पटक बलात्कार, दुव्र्यवहारजस्ता आरोपहरू लाग्दै आएका रावतलाई कारबाही गर्न एमालेकै कार्यकर्ताले माग गरे पनि शक्ति केन्द्रको आडमा उनी राजनीतिमै प्रभाव जमाउँदै आएका छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ १४, १७: २७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ १४, १७: २७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ १४, १७: २७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...