स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब, खोपका लागि २६ अर्ब ७५ करोड – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब, खोपका लागि २६ अर्ब ७५ करोड


नयाँ विकल्प,


काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।

गत वर्ष स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड रुपैयाँ थियो । अर्थमन्त्री पौडेलका अनुसार आगामी आबको बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको छ भने कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुट्याएकाे छ ।

औषधि खरिदका लागि ५ अर्ब ६० करोड छुट्याइएकाे छ । राजधानीमा ३०० शय्या र प्रदेशमा ५०–५० शय्याको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड विनियाेजन गरिएकाे छ ।

स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड, स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुर्याइएकाे छ ।

स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउन ७ अर्ब ५० करोड छुट्याइएकाे छ ।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ १५, १७: ०५

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ १५, १७: ०५

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ १५, १७: ०५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...