बजेटमा जलयातायात, रेल, सुरुङ र सडकका पुरानै आयोजनालाई निरन्तरता – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

बजेटमा जलयातायात, रेल, सुरुङ र सडकका पुरानै आयोजनालाई निरन्तरता


नयाँ बिकल्प,
काठमाडौंं । सरकारले आगामी आर्थिक वर्षको लागि पेश गरेको जलयातायात, सडक यातायात, रेलमार्ग र सुरुङमार्गको निर्माणको लागि विगतकै बजेटमा उल्लेख भएको आयोजनालाई निरन्तरता दिने गरी बजेट बिनियोजन गरेको छ।

बजेटमा पुनः विगत तीन वर्षदेखि निर्माण सम्पन्न गरिने भनिएको जल यातायातलाई बजेट दिइएको छ। विगतमा समुद्रमा नेपाली झण्डासहितको पानीजहाज संचालन गर्ने भनिएको थियो ।

तर, यो बजेटमा नारायण नदिको त्रिवेणीदेखि नारायणघाट हुँदै दासढुंगासम्म जलयातायात संचालन गर्ने व्यवस्था गरिएको छ।

यस्तै सप्तकोशीमा चतरादेखि भोजपुरसम्म जलयातायात संचालनमा भएको अबरोध हटाउने गरी बजेट बिनियोजन गरिएको छ। यसअघि पनि प्रधानमन्त्री ओलीले सप्तकोशीमा पानीजहाज चलाउन तमोर र अरुण नदीको संगमस्थलमा रहेको खुवालुङ ढुंगा पन्छाउने भनेर घोषणा गरेपछि त्यसको चर्काे बिरोध भएको थियो।

कर्णाली नदिमा कहाँ जलयातायात संचालन गर्ने भन्ने विषयमा भने बजेट मौन छ।

गत वर्ष झैं यो पटक पनि सरकाले पूर्वपश्चिम लोकमार्ग अन्तरगतको गैंडाकोट–बुटवल, कञ्चनपुर–कमला नदी सडक खण्डलाई स्तारोन्नति गरी चार लेनमा बिस्तार, काठमाडौं–निजगढ दू्रतमार्ग निर्माण, पृथ्वीराजमार्गको आँबुखैरेनी–पोखरा सडक खण्ड चार लेनमा बिस्तारका आयोजनालाई नै बजेट बिनियोजन गरिएको छ।

कर्णाली लोकमार्गको सुर्खेत–खुलालु सडक डबल लेनमा बिस्तार गर्ने, कलंकीबाट महाराजगंजसम्मको चक्रपथ बिस्तार २ वर्षमा गर्ने, धुलीखेल –दोलालघाट तातोपानी सडक स्तरोन्नती, बिर्तामोड–चन्द्रगढी सडक स्तरोन्नतीको लागि बजेट व्यवस्था गरिएको छ।

सरकारले टनेल र उचाईका पुल निर्माण गर्न १५ अर्ब ३४ करोड, शान्तिनगर–धरान मदन भण्डारीमार्ग निर्माणको लागि ३ अर्ब, हुलाकी राजमार्गको पुल निर्माण गर्न ६ अर्ब २९ करोड, पृथ्वीराजमार्गको लागि ७ अर्ब, काठमाडौंको चक्रपथ बिस्तारको लागि २ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ।

सरकारले सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा, कोशी राजमार्गको धरानबाट लेउतीसम्म, नागढंगादेखि सिस्नेखोलासम्म तीनकुनेदेखि जडिबुटीसम्मको सडकमा टनेल निर्माणको कार्य प्रारम्भ गर्ने गरी बजेट बिनियोजन गरेको छ।

पूर्वपश्चिम रेलमार्ग अन्तरगत झापाको काकरभित्तदेखि सुनसरीको इनरुवासम्म रेलमार्ग निर्माणको लागि मुआब्जा बितरण गर्न १० अर्ब रुपैयाँ बजेट बिनियोजन गरिएको छ।

बहुचर्चित र ठूलो मानिएको पश्चिम सेती र बुढी गण्डकी जलविद्युत आयोजनाको लागि भने सरकारले कुनै बजेट छुट्याएन। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो अयाोजना निर्माणको मामेडालिटी र बित्त व्यवस्थापन गरिने भनेर अयोजना निर्माण अघि नबढाई झारा टार्ने संकेत गरेका छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ १५, १९: ३७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ १५, १९: ३७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ १५, १९: ३७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...