देउवा निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

देउवा निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा


नयाँ विकल्प,


काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

सभापति देउवा, नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवलगायत नेता छलफलमा जुटेका हुन्।

स्रोतकाअनुसार केहीबेरअगाडिदेखि छलफल सुरू भएको हो। कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदले हस्ताक्षर गरेका थिए।

तर सरकारको सिफारिसमा राष्ट्रपतिले गत शुक्रबार प्रतिनिधि सभा विघटन गरेपछि ५ दलका १४६ सांसद सर्वोच्चमा रिट लिएर गएका थिए। उक्त रिटबारे आज पनि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ छ।

विपक्षी गठबन्धन अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न देउवा निवासमा छलफलमा जुटेका हुन्।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ जेष्ठ १६, १०: ३३

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०७८ जेष्ठ १६, १०: ३३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०७८ जेष्ठ १६, १०: ३३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...