
नयाँ बिकल्प,
काठमाडौं । राष्ट्रिय सभाका एक जना सदस्यको लागि लुम्बिनी प्रददेशमा सोमबार भएको उपनिर्वाचनमा कोरोना संक्रमित २७ जनप्रतिनिधिले मतदान गरेका भने तीन जना अनुपस्थित भएका छन्।
नेकपा माओबादीको तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि माओबादीले उनलाई कारबाही गरेको थियो। खड्कालाई पार्टीको सिफारिसमा सांसदबाट संसद सचिवालयले पदमुक्त गरेपछि रिक्त एक स्थानमा सोमबार निर्वाचन भएको हो।
मतदानमा कोरोना संक्रमितका लागि छुट्टै मतदान केन्द्र तय गरिएको थियो। कूल तीन सय मतदाता रहेका लुम्विनी प्रदेशमा प्रदेशसभा सदस्य ८२ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष दुई सय १८ जना मतदाता थिए ।
जसमा प्रदेशका ३ र स्थानीय तर्फका २४ जनप्रतिनिधिले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । सो उपनिर्वाचनमा प्रदेश सभातर्फ शतप्रतिशत मतदान भएको छ भने स्थानीय तहका ३ जनप्रतिनिधि भने अनुपस्थित भए।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन्। उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेका जनाएका थिए। राणा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचित भएका थिए।
प्रदेश सभामा नेकपा एमालेको तर्फबाट पूर्वसांसद चन्द्रबहादुर खड्का र कांग्रेसको तर्फबाट लुम्विनी प्रदेशमा एमालेका निवर्तमान सांसद दीर्गनारायण पाण्डे उम्मेदवार भएका छन्। यो निर्वाचनमा पाण्डे विजयी हुने सम्भावना बढी छ।
काग्रेसको तर्फबाट उम्मेदवार भएका पाण्डेलाई नेपाली कांग्रेस, माओबादी केन्द्र,जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएको छ। यो प्रदेशमा एमालेका २९ प्रदेश सांसद र ९१ जना स्थानीय तहका प्रमुख रउपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष छन्।
यो प्रदेशमा कांग्रेसका १९ प्रदेश सांसद र ६४ जना स्थानीय तहका मतदाता जनप्रतिनिधि छन्। माओबादीका १८ प्रदेश सांसद र ३९ स्थानीय तहका मतदाता जनप्रतिनिधि छन् । प्रदेशमा जनता समाजबादीका २ पाण्डेको पक्षमा छन भने ४ जना खड्काको पक्षमा छन् । यहाँ राजमोका एक सांसद र ५ स्थानीय तहका प्रतिनिधि छन्।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...