
नयाँ बिकल्प,
काठमाडौं – राष्ट्रिय सभाका एक जना सदस्यको लागि लुम्बिनी प्रदेशमा सोमबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउँदै संघीय संसदको राष्ट्रियसभा सदस्यमा बिजयी भएका छन्।
कांग्रेसको तर्फबाट उम्मेदवरा भई विजयी पाण्डेलाई कांग्रेससहितको गठबन्धनमा आबद्ध नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।
सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का नेकपा माओबादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य भएपनि गत फागुनमा एमाले प्रवेश गरेपछि उनलाई पार्टीले निकालेको थियो। उनलाई पार्टीले निकालेसँगै रिक्त एक सदस्यको लागि आज मतदान भएको हो।
बिजयी पाण्डेले स्थानीय तहतर्फ १ सय १८ र प्रदेशसभा तर्फ ४२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर खड्काले स्थानीय तहतर्फ ९३ र प्रदेशसभा तर्फ ४० मत प्राप्त गरे । प्रदेश सभातर्फ एक मत बदर भएको थियो ।
कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ जनाले मतदान गरेका थिए। नेपालगञ्ज उपमहानगरका मेयर धवलशम्शेर राणा, बाँकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउँ पालिकाका अध्यक्ष अशोक थापाले मतदान गरेका थिएनन्।
कूल तीन सय मतदाता रहेका लुम्विनी प्रदेशमा प्रदेशसभा सदस्य ८२ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष दुई सय १८ जना मतदाता थिए ।
जसमा प्रदेशका ३ र स्थानीय तर्फका २४ जनप्रतिनिधिले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । सो उपनिर्वाचनमा प्रदेश सभातर्फ शतप्रतिशत मतदान भएको थियो। स्थानीय तहका ३ जनप्रतिनिधि भने अनुपस्थित भए।
लुम्बिनी प्रदेशमा एमालेका २९ प्रदेश सांसद र ९१ जना स्थानीय तहका प्रमुख रउपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष छन्।प्रदेशमा कांग्रेसका १९ प्रदेश सांसद र ६४ जना स्थानीय तहका मतदाता जनप्रतिनिधि छन्।
माओबादीका १८ प्रदेश सांसद र ३९ स्थानीय तहका मतदाता जनप्रतिनिधि छन् । प्रदेशमा जनता समाजबादीका २ पाण्डेको पक्षमा छन भने ४ जना खड्काको पक्षमा छन् । यहाँ राजमोका एक सांसद र ५ स्थानीय तहका प्रतिनिधि छन्।
स्थानीय तहका चार स्वतन्त्र र जसपाका ६ जनाले एमालेका उम्मेदवार खड्कालाई मतदान गरेका थिए। जसपाका एक सांसदले पनि खड्कालाई मतदान गरेका थिए । अन्य सबैले कांग्रेसका उम्मेदवार पाण्डेलाई मतदान गरेका थिए ।
सर्वोच्च अदालतले गत फागुनमा पूर्ववत नेकपा एमाले र नेकपा माओबादी केन्द्रमा फर्कन केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपालाई आदेश दिएपछि माओबादी पृष्ठभूमि भएका र माओबादीबाटै राष्ट्रि सभा सदस्यमा निर्वाचिन खड्कासँगै गृहमन्त्री रामबहादु थापा बादल एमाले प्रवेश गरेका थिए।
थापा र खड्का दुवै एमालेमा प्रवेश गरेपछि माओबादीले कारबाही गरी पार्टीबाट निष्कासन गरेसँगै उनीहरुको सांसद पद रिक्त भएको थियो । गत जेठ ६ गते थापालाई निष्कासन गरेपछि भएको बागमति प्रदेशको निर्वाचनमा थापालाई कांग्रेस, माओबादी, जसपा र एमालेको माधवकुमार नेपाल पक्षले समर्थन गरेको थियो।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...