
नयाँ बिकल्प,
काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार कारोबारमा कारोबारले नयाँ कीर्तिमान रच्दै नेप्से परिसूचकले अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ।
बिहीबार नेप्से २९.५५ अंकले बढेर हालसम्मकै सर्वाधिक अर्थात २८५६ दशमलव ६७ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ७दशमलव९६ अंकले बढेर ५१३दशमलव ११ को विन्दुको उचाइमा पुगेको छ। योसँगै नेप्सेले आइतबारको अलटाइम हाई रेकर्ड ब्रेक गरेको छ।
गत आइतबार नेप्से २८२७ दशमलव९३ को विन्दुमा पुगेको थियो। बिहीबार कारोबार रकम बुधबारको तुलनामा बढेर १७ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। नेप्सेका १३ समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने चार वटामा रातो छ।
बिहीबार सबैभन्दा बढी विकास बैंक समूह १४६ दशमलव ०२ अंकले बढेको छ। होटल तथा पर्यटन समूह ११७ दशमलव ११ अंकले बढेको छ। बैंकिङ समूहमा ५० दशमलव २५ अंक, वित्त समूहमा ६२ दशमलव ८५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७१ दशमलव२४ अंक बढेको छ।
लघुवित्त समूहमा ४० दशमलव ३५ अंक, जीवन बीमा समूहमा ५ दशमलव १२ अंक, म्युचुअल फन्ड समूहमा ० दशमलव १९ अंक र लगानी समूहमा ० दशमलव ०७ अंकको बढेको छ।
निर्जीवन बीमा समूह सर्वाधिक ११३ दशमलव ३ अंकले ओरालो लागेको छ भने जलविद्युत समूह ६० दशमलव ०३ अंकले, व्यापार समूहमा ९दशमलव ६८ अंक र अन्य समूहमा १५दशमलव ९१ अंकले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
बिहीबार नेप्सेमा सूचीकृत २१८ कम्पनीका ३ लाख ४६ हजार ९१ हजार तीन सय १२ कित्ता सेयर १६ अर्ब ९० करोड ७० लाख २० हजार दुई सय ८६ रुपैयाँमा किनबेच हुँदा नेपाल पुनर्बिमा कम्पनीको एक अर्ब २ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
छिमेक लघुवित्तको ६८ करोड १६ लाख रुपैयाँको, लुम्बिनी विकास बैंकको ३५ करोड ५ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको ३३ करोड २२ लाख रुपैयाँ, निफ्राको ३३ करोड १३ लाख रुपैयाँ र शिवम् सिमेन्टको ३२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सानिमा माई हाइड्रोपावरको २९ करोड ९६ लाख रुपैयाँ, ज्योति विकास बैंकको २९ करोड ८२ लाख रुपैयाँ, मेगा बैंकको २९ करोड ६ लाख रुपैयाँ र कुमारी बैंकको २८ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र गुमाउने कम्पनीहरु
बिहीबार चार वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा गोखार्ज फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिटिजन्स बैंकको सेयरमूल्य पनि ८ प्रतिशतको हाराहारीमा उकालो लागेका छन्।
बिहीबारको कारोबारमा पञ्चकन्या माई हाइड्रोपावरका सेयर धनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयर ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
निषेधाज्ञामाको समयमा अन्य क्षेत्रमा लगानीको सम्भावना नहुने भएकाले सेयर बजारमै लगानी बढेको देखिन्छ। सेयर बजारका जानकारहरुले यो सिजनमा सेयरको कारोबार २० अर्ब पुग्ने अनुमान गरेका छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...