काठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

काठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो


नयाँ विकल्प,


काठमाडाैं- उपत्यकाभित्र आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा जेठ ३१ गतेसम्म नै निषेधाज्ञा जारी रहने भए पनि आजदेखि भने केही खुकुलो बनाइएको हो।

गत जेठ १४ बाट एक साता केही पसल खुल्न नदिई निषेधाज्ञा कडा बनाइएकोमा आजदेखि खुकुलो बनाइएको छ। आजदेखि किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइनेछ।

फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्। यस्तै, विकास निर्माणको काम खुला गरिएको छ। तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ। दिउँसो लेबर राखेर काम गर्न दिइने छ। विकास निर्माणका लागि आवश्यक पर्ने सामग्री ढुवानीका लागि राति ९ देखि बिहान ४ बजेसम्मको समय तोकिएको छ।

यस्तै, सवारीसाधन मर्मतका लागि पनि वर्कसपहरू राति ९ देखि बिहान ९ बजेसम्म खुल्नेछन्। तरकारी पसलहरू सामाजिक दुरी कायम गरेर सञ्चालन गर्न पाइने छ।

तोकिएका ठाउँबाहेक अन्यत्र तरकारी पसल सञ्चालन गर्न रोक लगाइएको छ। यातायातमा पुरानै नियम यथावत् छ। निजी संघ-संस्था, सरकारी तथा अत्यावश्यक कार्यका लागि सम्बन्धित निकायको परिचय-पत्र चाहिने छ। व्यक्तिगत रुपमा सवारी चलाउन अत्यावश्यक परे प्रमुख जिल्ला अधिकारीले जारी गरेको पास चाहिने छ।

विवाह तथा ब्रतबन्धमा बढीमा ७ जनासम्म सहभागी भएर घर वा बसेको स्थानमा मात्र गर्न पाइने छ। तर, होटल र पार्टी प्यालेसमा गर्न पाइने छैन। विवाह र ब्रतबन्धको लागि एउटा सवारीसाधन मात्रै प्रयोग गर्न पाइनेछ।

सम्बन्धित समाचार

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०७८ जेष्ठ २१, ११: ०७

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०७८ जेष्ठ २१, ११: ०७

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...

प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास
प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास
  • २०७८ जेष्ठ २१, ११: ०७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...