
नयाँ बिकल्प,
सुर्खेत: प्रदेश सभा र संघीय संसदको २०७४ मंसिरमा भएको निर्वाचनपछि सरकारबाट बाहिरीएको नेपाली कांग्रेसले तीन वर्षपछि सत्तामा इन्ट्री गरेको छ।
नेकपा माओबादी केन्द्रले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा सहभागी भएर कांग्रेसले सत्तामा प्रवेश गरेको हो। कांग्रेसको कर्णाली प्रदेश संसदीय दलका नेता जीबनबहादुर शाहीको सिफारिसमा कांग्रेसका दुई सांसद मन्त्री भएका हुन्।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य समेत रहेका जुम्लाका दिनबन्धु श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीमा र सुर्खेतका यज्ञबहादुर विसीलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रदेशमा माओबादी केन्द्र संसदीय दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन्। एमाले संसदीय दलले शाहीलाई दिएको विश्वासको मत फिर्ता लिए पनि एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका चार प्रदेश सांसदले शाहीको पक्षमा मत दिएका थिए।
कर्णाली प्रदेशमा नेपाली कांग्रेसका ६ जना सांसद छन्। कर्णालीमा एमालेको असन्तुष्ट पक्ष, नेपाली कांग्रेस र माओबादीको संयुक्त सरकार बनेको छ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...