
नयाँ बिकल्प,
काठमाडौं । प्रतिनिधि सभा भङ्ग गरी आगामी कात्तिक र मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सात जनालाई मन्त्री बनाउने भएका छन्।
बालुवाटार स्रोतका अनुसार मन्त्री हुनेमा पूर्वराजपा निकटका धेरै छन भने केही उपेन्द्र यादव नेतृत्वको पूर्वजनता समाजबादी पार्टीका समेत छन्। चर्चामा आईरहने जसपा नेता राजेन्द्र महतोले पार्टीबाट सरकारको नेतृत्व गर्न लागेका हुन्।
सरकारमा जसपाका महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालय, शरतसिहं भण्डारी उर्जा, अनिल झा खानेपानी, बिमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा ,लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला, एकबाल मियाँ बन मन्त्री र चन्द्रकान्त चौधरी राज्य मन्त्री उर्जा, रेणुका गुरुङ – राज्य मन्त्री महिलालाइ जिम्मेवारी दिइएकाे छ।
अघिल्लो दिन बिहीबार राती प्रधानमन्त्री निवाव बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री केपी ओलीले ठाकुर पक्षलाई शहरी विकास मन्त्रालय, सँस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, श्रम रोजगार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र वन मन्त्रालय दिने बताएका थिए।
जसपाको पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेकाले पनि केही ढिला भएको बताइएको छ । केही विषय बाँकी रहेकाले नयाँ मन्त्रीहरूको सपथग्रहण शुक्रबार नै गर्ने भनिए पनि टुंगो लागेको छैन्।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...