तीन वर्षपछि कांग्रेसको सत्तामा इन्ट्रीः श्रेष्ठ र बिसीले लिए कर्णाली प्रदेश मन्त्रीको सपथ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

तीन वर्षपछि कांग्रेसको सत्तामा इन्ट्रीः श्रेष्ठ र बिसीले लिए कर्णाली प्रदेश मन्त्रीको सपथ


नयाँ बिकल्प,

सुर्खेत– २०७४ सालको संघीय संसद र प्रदेश सभाको निर्वाचनमा पराजित भएको नेपाली कांग्रेसले तीन वर्षपछि सत्तामा इन्ट्री गरेको छ।
कर्णाली प्रदेश सरकारमा दुई जना कांग्रेसका प्रदेश सभासदले आइतबार दिउँसो मन्त्री पदको सपथ लिएका छन्। सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठले शपथ लिएका हुन्।

प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले बिसी र श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस झण्डै दुई महिनापछि सत्तामा आरोहणको अवसर पाएको हो।

संघीयतापछि प्रदेशमा कांग्रेस पहिलो पटक सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीले विभिन्न १३ बुँदे आचारसंहिता पालना गर्नु पर्ने निर्णय समेत गरेको छ।

जसमा आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मितव्ययितता, सादा जीवनशैली अपनाउनुपर्ने, दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवासुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने आदि आचारसंहितामा उल्लेख छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २३, १६: ०४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २३, १६: ०४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २३, १६: ०४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...