जनता समाजबादी प्रदेश२को संसदीय दल नेतामा उपेन्द्र पक्षधर राउत छानिए – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

जनता समाजबादी प्रदेश२को संसदीय दल नेतामा उपेन्द्र पक्षधर राउत छानिए


नयाँ बिकल्प,

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश नं २ संसदीय दलको नेतामा प्रदेशका मुख्यमन्त्री लालबाबु राउत चयन भएका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षधर राउतलाई प्रदेश सभाका सांसदहरूको बैठकलेसंसदीय दलको नेतामा चयन गरेको हो। जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा आइतबार जसपाका प्रदेश सांसदको बैठकले राउतलाई बहुमतको आधारमा दलको नेता चयन गरेको हो।

प्रदेशसभा सचिवालयमा संसदीय दलको नेता चयन गरेको जानकारी आइतबार नै गराइएको छ। दलका उपनेता र प्रमुख सचेतकमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा सहमति जुट्न सकेन।

राउतलाई दलको नेता चयन गरिएको विषयमा भने राजपाका सांसदहरुले भने अनभिज्ञाता प्रकट गरेका छन्। तत्कालीन राजपाका २५ र समाजवादी पार्टीका ३० सांसद प्रदेशसभामा छन्। संसदीय दलका नेता राउतलाई चयन गर्नमा तत्कालीन राजपाका ६ सांसद पनि उपस्थित रहेको जनाइएको छ।

तत्कालीन राजपा र समाजवादी पार्टी एकीकृत भएर जसपा गठन भएको एक वर्षसम्म पनि आन्तरिक विवादका कारण संसदीय दलको नेता चयन हुन सकेको थिएन। संसदीय दलको विधान नै नभएकाले आइतबारको बैठकमा नयाँ विधान पारित गरेसँगै दलको नेता चयन गरिएको थियो। बताइएको छ।

सम्बन्धित समाचार

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०७८ जेष्ठ २३, १६: २६

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...

प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास
प्रधानमन्त्री शाहद्वारा छठ पर्वको शुभकामना, सुशासन र समृद्धिको लक्ष्यमा प्रेरणा मिल्ने विश्वास
  • २०७८ जेष्ठ २३, १६: २६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री...

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ जेष्ठ २३, १६: २६

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...