
नयाँ बिकल्प,
काठमाडौं। २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत आयोजनाको एक वर्षदेखि खेर गइरहेको बिजुली आगामी दुई साता भित्र नै उपयोग हुने भएको छ।
दोलखा जिल्लाको सिँगटीमा निर्माण भएको सिंगटीले एक वर्षअघि नै परिक्षण उत्पादन गरेको थियो। तर, सरकारले ट्रान्समिसन लाईन निर्माण सम्पन्न गर्न नसक्दा २५ मेगावाट विद्युत राष्ट्रिय प्रशारण जोडिन नसक्दा खेर गइरहेको छ।
१२ बर्षअघि नै सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी अरावली इन्फ्रा पावरलाई निर्धारित समयमा टावर निर्माण गर्न नसक्दा सिंगटीको विजुली एक वर्षदेखि खेर गइरहेको छ।
आर्थिक वर्ष २०६५–०६६ देखि निर्माण शुरु भए पनि सिन्धुपाल्चोकको पिस्कर गाउँपालिकास्थित देउराली जलजलामा टावर ठड्याउने जग्गाको मुआब्जा बिबादका कारण दुई वर्षदेखि काम रोकिएको थियो।
शनिबार जलजलामा सो प्रशारण लाईनको ९३ र ९४ नम्बरको अन्तिम टावरको काम सकिएसँगै सिंगटी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोडिने भएको सिंगटी जलविद्युत आयोजनाका कार्यकारी निर्देशक गणेश कार्कीले जनाए।
डबल सर्किट निर्माण हुने प्रसारण लाइनको हाल सिंगल सर्किटको काम पूरा गर्न लागिएको हो। प्रसारण लाइनको तार तान्ने काम पूरा भएको छ भने ८ किलोमिटर क्षेत्रमा २५ वटा टावरमा अर्थिङको काम गर्न बाँकी रहेको छ।
यो प्रसारण लाइन निर्माणमा प्राधिकरणसँगै सिंगटी जलविद्युत आयोजनाको प्रवद्र्धक, स्थानीयबासी र प्रशासनले सहयोग गर्दा नै नोक्सानी बेहोरिरहेको आयोजनाको विद्युत उपभोक्तासम्म पुग्ने भएको छ।
दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म ४० किलोमिटर क्षेत्रमा एक सय २४ वटा टावर निर्माण गरिएको छ। स्थानीयबासीको जग्गा मुआब्जाको बिचलो नेपाल विद्युत प्राधिकरणले समाधान गर्न नसक्दा सिंगटीले क्षति बेहोर्नु परेको थियो।
भारतीय कम्पनी अरावली इन्फ्राले प्रसारण लाइन निर्माण गर्न ४२ करोड र लामोसाँघुमा निर्माण हुने सबस्टेसनका लागि १७ करोड रुपैयाँमा ठेक्का लिएको थियो।
एक वर्षमा २५ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडिएको भए आयोजनाले करिब ९० करोड आम्दानी गर्ने थियो। सुपर सिक्समध्येको सिंगटीबाट वार्षिक १३ करोड ३९ लाख युनिट विद्युत उत्पादन हुने अनुमान गरिएको छ।
वर्षको ७२ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको यो आयोजनाले विद्युत् उत्पादन भएको पहिलो वर्ष नै संस्थापक तथा सर्वसाधारण सेयरधनीलाई १० प्रतिशत लाभांश दिन सक्ने क्षमता कम्नीले राख्छ।

सुर्खेत : कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल सुर्खेतमा हुने निश्चित भएको छ...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको...