
नयाँ बिकल्प,
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा शनिबार राति १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णयको नेपाल विद्यार्थी संघले विरोध गरेको छ।
कोरोना महामारीमा परेका उपभोक्तालाई पेट्रोलमा एक सय २५ रुपैयाँ, डिजल र मट्टितेल प्रति लिटर एक सय आठ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ८० रूपैयाँ कायम भएबाट पुनः सबै क्षेत्रमा चर्को मुल्य बृद्धी हुने निश्चित भएको नेविंघले जनाएको छ।
नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले आइतबार विज्ञप्ति जारी गर्दै उपभोक्ता आहतमा परेको बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको आरोप लगाएका छन्।
स्वचालित मूल्य प्रणाली हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण, संकट र महामारीका समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग, अनावश्यक करहरुको शिर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नगरेको तिमल्सिनाले आरोप लगाए।
निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते भएको मुल्यबृद्धी माथी फेरि तत्काल बृद्धि गर्नु आपूर्ति मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा आएको दोस्रो दिन मा नै उपभोक्तालाई प्राप्त पहिलो उपहार भएको उनले बताए।
अत्यावश्यकिय बस्तुमाथि पटक पटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुपरेकोले तत्काल मुल्य बृद्धिको निर्णय फिर्ता लिन नेविसंघले जोडदार माग गरेका छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...