
नयाँ बिकल्प,
जनकपुरधाम। प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रीबाट पदमुक्त भएका जनता समाजबादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर निकट नेता जितेन्द्र सोनल सोमबार बिहानै हातमा एउटा सुटकेस, काँधमा सानो झोला भिरेर मन्त्रीको सरकारी निवास छाडेका छन्।
मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख राजेश झाले आइतबार राति नै मन्त्री सोनलसहित भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका थिए।
पदमुक्त भएपछि सोनाल सोमबार बिहान मधेश भवनभित्र रहेको मन्त्री निवास छाडेर एउटा सुटकेश बोकेर मोटरसाईकलमा आफ्नै निवास बारा तिर हुइँकिएका छन्। उनी सुटकेस बोकेर आफ्नै घर तिर मोटरसाईकलमा चढेर फर्किएको तस्वीर यतिवेला सामाजिक सञ्जालमा भाइरल झैं भएको छ।

सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै सोनलले आगामी दिनमा मधेश र प्रदेशका जनताको हितमा पुनरताजगीका साथ कार्य गर्ने प्रतिवद्धता जनाएका छन्। ३ फागुन २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संसदीय दलका नेताको हैसियतमा सोनल भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए।
सोनल २०६४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य र मन्त्री पद त्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टी गठन गर्ने महन्थ ठाकुरको नेतृत्वमा संगठन बिस्तारमा लाग्दै गर्दा तत्कालिन संविधानसभामा बारा जिल्लाबाट निर्वाचित भएका थिए।
तत्कालिन व्यवस्थापिका संसदको संसदीय समितिको सभापति समेत रहेका सोनल प्रदेश २ को सरकारको मुख्यमन्त्रीको दाबेदार समेत थिए। मधेश केन्द्रीत ६ वटा राजनीतिक दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको समेत सोनल पदाधिकारी थिए।

सरकारी सुविधाका ३ जीप र ३ मोटरसाईकल समेत प्रयोग गरेनन्
भौतिक पूर्वाधार विकास मन्त्रीको हैसियतमा तीन वर्ष चार महिना विताएका सोनललाई राज्यले तीन वटा जीव र तीन वटा मोटरसाईकल थिए। ति सवारी साधन उनले पदमुक्त भएको सामान्यतया पनि एक साता प्रयोग गर्न सक्थे। तर, सोनलले कुनै पनि सुविधा लिएनन्।
सोनाल मन्त्री हुँदा उनको निजी सचिवालयमा प्र.२–०२–००१झ ००७४ नम्वरको हेक्सा जीप, ज. १ झ ४३५ नम्वरको स्टर्म सफारी, को.१ झ ४९६ नम्वरको महेन्द्रा जीप, ज.१ ब ७९५ नम्वरको टिभिएस, ज.१ ब ८०१ नमवरको टिभिएस र ज.११ प ३३४८ नम्वरको यामाहा सो–रुमबाट खरिद गरेको मोटरसाईकल थिए।
महेन्द्रा जीप बाहेक सबै सवारी उनले सिप्रदीको सो रुम बीरगंज, टिभिएस र यामाहाको सो रुम जनकपुरबाट आफू मन्त्री भएर आएपछि नै खरिद गरेका थिए।
(तस्वीर साैजन्यः बरिष्ठ पत्रकार बीरेन्द्र रमणबाट)
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...