
नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वरिपरि र ललिता निवासको सरकारी जग्गा कौडीको भाउमा खरिद गर्ने र राज्यको आँखा छलेर भागेका मिन बहादुर गुरुङले संचालन गरेको भाटभटेनी सुपरमार्केटले राज्यले लागू गरेको निषेधाज्ञाको उल्लंघन गरेको छ।
जिल्ला प्रशास कार्यालय काठमाडौ, ललितपुर र भक्तपुरले तीन वटै जिल्लामा निषेधाज्ञा जारी गरेको थाहा पाउँदा पाउँदै राज्यलाई चुनौति दिएर अटेर गरी सोमबार दिउँसो कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर खोलेपछि प्रहरीले त्यहाँका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ।
सरकार र प्रशासनका मान्छेलाई शक्ति र पैशाको आडमा प्रभाव पार्न खप्पिस गुरुङले सोमबार दिउँसो डिपार्टमेन्टल स्टोर्स खोलेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको निर्देशनमा गुरुङलाई पक्राउ गरिएको हो।
प्रशासनले विहान ७ देखि ९ बजेसम्म खाद्यान्नको पशल खुल्ला गर्न अनुमति दिए पनि भाटभटेनीले दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोलीले स्टोर बन्द गर्न लगाई म्यानेजर गुरुङलाई पक्राउ गरेको हो।
काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै शनिबार राति डा. केसीले आफ्नो...
काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने...
काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अभियान सञ्चालन गर्ने भएको...