हवाई इन्धनमा २५ प्रतिशत मुल्य घट्दा नेपाल बायुसेवा निगमले १३ प्रतिशत मात्र भाडा घटायो – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

हवाई इन्धनमा २५ प्रतिशत मुल्य घट्दा नेपाल बायुसेवा निगमले १३ प्रतिशत मात्र भाडा घटायो


नयाँ बिकल्प,

काठमाडौं । सरकारी एउटा संस्थान नेपाल आयल निगमले अन्तराष्ट्रिय हवाई उडानतर्फ हवाई ईन्धनको २५ प्रतिशत मुल्य घटाउँदा सरकारी अर्को संस्थान नेपाल एयर लाइन्सले भने बिमानको हवाई चार्टरमा १३ देखि १५ प्रतिशत मात्र हवाई भाडा घटाएको छ।

नेपाल आयाल निगम संचालक समितिको आइतबारको बैठकले हवाई इन्धनको साविकको बिक्री मूल्य आठ सय ९३ अमेरिकी डलर प्रति किलो लिटरमा एक सय ७८ डलरले घटाई सात सय १५ डलर प्रति किलो लिटर कायम गर्ने निर्णय गरेको थियो।

निगमका ई.विनित मणि उपाध्यायका अनुसार एक वर्षयताको कोरोना अवधिमा निगमले अन्तराष्ट्रिय हवाई उडान इन्धनको विक्री गर्दा ४० प्रतिशत नाफा हुँदै आएको थियो। त्यसभन्दा अघि निगमले हवाई उडान इन्धनमा ७० प्रतिशतसम्म नाफा कमाएको थियो।

कोरोनाको कारण सिर्जित भएको वर्तनमा अवस्था रहुन्जेल अन्तराष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशत मात्र नाफा राखी मूल्य निर्धारण गर्ने नीति पारित भएको प्रवक्ता उपाध्यायले आफ्नो विज्ञप्तिमा जनाएका छन्।

तर उता नेपाल बायु सेवा निगमकी प्रवक्ता करिष्मा श्रेष्ठले भने आयल निगमले साविकको मुल्यमा २० प्रतिशले अन्तराष्ट्रिय हवाई उडानतर्फको इन्धनमा मुल्य घटाएको झुटो दाबी गरेकी छन्। नेपाल बायु सेवा निगमले २५ प्रतिशतले इन्धनको मुल्य घटेको यथार्थलाई छल्न खोजेको देखिन्छ।

निगमले इन्धनको मूल्य निर्धारण नीति अनुसार एलपी ग्यासको नोक्सानीलाई अन्तराष्ट्रिय हवाई इन्धनको नाफाबाट परिपूर्ती गर्ने व्यवस्था गर्दै आएको स्वीकारेको छ।

अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएको कारणले नेपालबाट सञ्चालित नेपाली बायुसेवा कम्पनीहरुलाई अन्तराष्ट्रिय हवाई कम्पनीहरुसँग प्रतिष्पर्धी बनाउन तथा विदेशबाट नेपाल आउने पर्यटकहरुको हवाई घाडा घटाउन नसकिएको भन्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको भनाईलाई सुझावको रुपमा लिएर इन्धन मुल्य घटाइएको निगमले जनाएको छ।

कोरोनाको एक वर्षमा हवाई इन्धनबाट निगमलाई पाक्षिक रुपमा करिव एक करोड ५० लाख नाफा भइहरेको छ भने एलपी ग्यासको पाक्षिक अनुमानित नोक्सानी ५० करोड रहेको छ। यसरी हवाई इन्धनबाट आर्जित एक करोड ५० लाख नाफाले निगमको एलपी ग्यासको नोक्सानीलाई घटाउन सहयोग नपुग्ने देखिन्छ।

कार्गो चार्टरको मुल्य अब यति पुग्यो …

आयल निगम संचालक समिति अन्तराष्ट्रिय हवाई इन्धन मूल्य घटाई अन्य इन्धन सरह स्वचालित गर्ने निर्णय गरेपछि नेपाल बायुसेवा निगमले पनि कार्गो चार्टर रेटमा परिवर्त गरी वाईड बडी बिमानको चार्टर रेटमा १३ प्रतिशत मात्र भाडा दर घटाएको छ।

वाईड बडी विमानको चार्टर रेट हाल प्रतिघण्टा १५ हजार ५२० अमेरिकी डलर रहेकोमा दुई हजार ६० डलर घटाएर १३ हजार चार सय ६० डलर प्रतिघण्टा कायम गरिएको नेपाल बायु सेवा निगमकी प्रवक्ता श्रेष्ठले जनाएकी छन्।

त्यस्तै बायुसेवा निगमले न्यारो बडी विमान चार्टर गर्दा सात हजार सात सय १० अमेरिकी डलर प्रतिघण्टा लाग्ने गरेकोमा १५ प्रतिशत अर्थात एक हजार एक सय ३० डलर मूल्य घटाएर छ हजार पाँच सय ८० डलर प्रतिघण्टा कायम गरेको छ।

नेपाल बायु सेवा निगमसहित नेपालका निजी हवाइ सेवा कम्पनीहरूले काेराेना कहरमा विपत्तिमा परेकालाइ चर्काे हवाइ भाडा असुलेर शाेषण गरिररहेकाे भन्दै सर्बत्र आलाेचना भएपछि हवाइ संचालकहरूले हवाइ इन्धनकाे मुल्य महंगाे भएकाे भनी कमजाेरि ढाकछाेप गरेका थिए।

हेर्नुस् नेपाल आयल निगम र नेपाल बायु सेवा निगमले जारी गरेकाे वक्तव्य …

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०७८ जेष्ठ २४, १८: १४

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०७८ जेष्ठ २४, १८: १४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०७८ जेष्ठ २४, १८: १४

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...