कांग्रेसकाे सहयाेगमा सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज प्रदेश सभामा विश्वासको मत लिँदै – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

कांग्रेसकाे सहयाेगमा सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज प्रदेश सभामा विश्वासको मत लिँदै


नयाँ विकल्प,


धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव गरेका छन्।

नेकपा माओवादीका नेता भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र नेपाली कांग्रेसले मुख्यमन्त्री भट्टलाई विश्वाशकाे मत दिने भएका छन् ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदले भने मुख्यमन्त्रीको विपक्षमा मत दिने भएका छन्। जसपाले भने के गर्ने निर्णय गरिसकेको छैन ।


सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। यहाँ मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ। नेकपा एमालेका २४ जना सदस्य छन्। नेकपा माओवादीका १३ जना छन्।

नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टी जसपा नेपालका दुई जना प्रदेश सभा सदस्य छन्। एमालेका २४ मध्ये ९ जना प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा छन् भने बाँकी माधवकुमार नेपाल पक्षमा छन्।

नेपाल पक्षका सांसदले फ्लोर क्रस गरी मत दिएमा भट्टले विश्वासको मत जुटाउन सक्छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २५, ११: २३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २५, ११: २३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २५, ११: २३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...