पुँजी बजार थप सुधार र विस्तार गर्न धितोपत्र बोर्डले बनायो यस्तो योजना ! – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पुँजी बजार थप सुधार र विस्तार गर्न धितोपत्र बोर्डले बनायो यस्तो योजना !

नयाँ विकल्प

काठमाडौं – नेपाल धितोपत्र बोर्डले पुँजी बजार थप सुधार तथा विस्तार गर्न विभिन्न योजना प्रस्तुत गरेको छ । मंगलबार बोर्डको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष भिष्मराज ढुंगानाले आगामी दिनमा धितोपत्र कारोबार थप व्यवस्थित बनाइने जानकारी गराएका छन् । यसका लागि छुट्टै शक्तिशाली ऐनको निर्माण गर्ने उनले बताए ।

यस्तै, नयाँ धितोपत्र दलाल व्यवसायीलाई संस्थागत रुपमा बजार प्रवेश गराउने योजना रहेको पनि अध्यक्ष ढुंगानाले जानकारी गराएका छन् । नयाँ स्टक एक्सचेन्जका विषयमा प्रतिवेदन अध्ययनको क्रममा रहेको जानकारी गराउँदै ढुंगानाले नयाँ लगानीकर्ताको ठूलो संख्यामा पवेश तथा बजारको बढ्दो मागलाई ध्यानमा राख्दै स्टक एक्सचेन्जलाई प्रतिस्पर्धी बनाउने योजना सुनाएका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको संरचनात्मक सुधार गरी क्षमता बढाउने योजना पनि रहेको छ । यसका साथै, राफसाफ कोषलाई संचालन गर्ने पनि ढुंगानाले बताए । आगामी वर्षदेखि वस्तु विनिमय बजार स्थापना गरी सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ । बजेटमै समावेश यस विषयमा बोर्डले काम अघि बढाउने भएको हो । नेपाली पैसबाट

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २५, १४: ३९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २५, १४: ३९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २५, १४: ३९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...