
नयाँ बिकल्प,
काठमाडौं । राजनीतिक अस्थिरता र कोरोनो भाईरस संक्रमणको महामारीमा राज्यले लगाएको लकडाउनका कारण अन्यत्र पूँजी लगानी गर्ने अवसर नपाएकाहरु धमाधम शेयर बजारमा आकर्षित भएका छन्।
एक महिनाअघि ११ देखि १२ अर्ब दैनिक कारोबार हुँदै आएको शेयरमा लगानीकर्ताहरुको भिँडका कारण दैनिक १७ अर्बको हाराहारीमा शेयर खरिद विक्री हुन थालेको छ।
मंगलबार फेरी धितोपत्र कारोबार बजारले नयाँ कीर्तिमान कायम गर्दै नेप्से परिसूचक ५३.४४ अंकले बढेर २९६०.१४ को विन्दुमा चढेको छ।
यसअघि आइतबार नेप्से २९०६.९१ को विन्दु चुम्दै नयाँ रेकर्ड कायम गरेको थियो। जुन रेकर्ड मंगलबार ब्रेक भएको छ। आज नेप्से परिसूचकले अल टाइम हाइको रेकर्ड बनाएको छ। आज फाइनान्स र विकास वैंकका लगानी कर्ताहरुले धेरै प्रतिफल प्राप्त गरेका छन्।
ठूला कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.४७ अंकले बढेर ५२८.११ को उचाइमा पुगेको छ। कारोबार रकम पनि झण्डै १७ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। मंगलबार तीन करोड ५७ लाख तीन सय ७६ कित्ता खरिद विक्री हुँदा १६ अर्ब ८५ करोड ५१ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ।
नेप्से उपसमूहमा रहेका १३ मध्ये १० वटा समूहमा हरियाली छाएको छ भने ३ वटामा रातो छ। आज विकास बैंक समूह सर्वाधिक ९.०४ प्रतिशतले उकालो लाग्यो भने वित्त समूह ८.७१ अंकले बढेको छ।
बैंकिङ समूहमा १.०३ प्रतिशत, जलविद्युत समूहमा १.९९ प्रतिशत, जीवन बीमा समूहमा ३.६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.१५ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.२५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.७८ प्रतिशत, अन्य समूहमा २ प्रतिशत र व्यापार समूहमा ०.४७ प्रतिशतले शेयर बढेको छ।
लगानी समूह सर्वाधिक ०.८८ प्रतिशतले, होटेल तथा पर्यटन समूह ०.४६ प्रतिशतले र लघुवित्त समूहमा ०.४५ प्रतिशतको घटेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
मंगलबार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १ अर्ब ६ करोड रुपैयाँ बढीको कारोबार भएको छ भने त्यसपछि रसुवागढी हाइड्रोपावरको ४७ करोड ८२ लाख रुपैयाँबराबरको कारोबार भयो ।
युनाइटेड मोदी हाइड्रोपावरको ३७ करोड ३९ लाख, लुम्बिनी विकास बैंकको ३५ करोड ७८ लाख, निफ्राको ३३ करोड ३१ लाख, गरिमा विकास बैंकको २९ करोड ६५ लाख, एनसीसी बैंकको २९ करोड ३० लाख, मुक्तिनाथ बैंकको २८ करोड ६३ लाख, कुमारी बैंकको २८ करोड ६२ लाख र नेश्नल हाइड्रोपावरको २५ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने कम्पनीहरू
मंगलबार ३४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। हिमालयन जनरल इन्स्योरेन्स, गोखार्ज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
ज्योति विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, मल्टीपर्पस फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, गुडविल फाइनान्स, महालक्ष्मी विकास बैंक, मञ्जुश्री फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक नेपाल फाइनान्सले १० प्रतिशतको हाराहारीमा नाफा गरेका छन्।
त्यस्तै, बरुण हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, आईसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, रिलायन्स फाइनान्स, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र मरस्याङ्दी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
युनाइटेड मोदी हाइड्रोपावर र नेपाल इन्स्योरेन्सको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
धेरै गुमाउने कम्पनीहरू
मेरो माइक्रोफाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी तीनै कम्पनीको सेयरमूल्यमा ३ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...