
नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको तर्फ संकेत गर्दै महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी भ्रम नछर्न आग्रह गरेका छन्।
आगामी भदौमा हुने पार्टीको महाधिवेशन भर्चुअल माध्यमबाट वा पुरानै महाधिवेशन प्रतिनिधि मात्र राखेर र्नु पर्छ भन्दै दिनहुँ भर्चुअल बैठक गर्दै पार्टी संस्थापनले महाधिवेशन टार्न खोजेको आरोप लगाउँदै आएका पार्टी नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै सभापति देउवाले यस्तो आग्रह गरेका हुन्।
बुधबार अपरान्ह प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले कसैले महाधिवेशन चाहेको र कसैले नचाहेको भन्दै पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित नभएको दाबी गर्दै महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम नगर्न आव्हान गरेका छन्।
सभापति देउवाले पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य भएकाले यसका लागि सबै जिम्मेवार हुनु पर्दछ भन्दै कोरोना संक्रमणको महामारी जस्तो विषम परिस्थिति भए पनि भदौ महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु पर्ने दृढता व्यक्त गरे।
‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्ट भन्न चाहन्छु— २०७८ भदौ महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्णप्रतिवद्ध
छु’, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने मैले राम्ररी बुझेको छु।’
देउवाले असार र साउन दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्ने, पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायतसबै तयारी गर्न निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको स्पस्ट पारे।
उनले पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्य, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य, विदेशस्थित जनसम्पर्क समितिका पार्टी कार्यकर्तालाई पार्टीको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै भ्रममा नपर्न आव्हान गरेका छन्।


काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...