
नयाँ बिकल्प,
काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि पदमुक्त गरेको छ।
गण्डकी प्रदेश सभामा विश्वासको मत लिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार राखेको प्रस्तावको पक्ष र विपक्ष कतै मत नदिई तठस्थ बसेको भन्दै थापालाई राजमोले ह्वीप उल्लंघन गरेको अभियोगमा कारबाही गरेको हो।
राष्ट्रिय जनमोर्चाले बिहीबार मुख्यमन्त्री गुरुङले प्रदेश सभाको विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत हाल्न आफ्ना सांसदलाई हृवीप जारी गरेको थियो। तर थापा तठस्थ बसेपछि उनलाई पदमुक्त गरिएको जनमोर्चाकी सचेतक पियारी थापाले जानकारी दिइन्।
जनमोर्चाले कारबाहीको जानकारी प्रदेशसभालाई गराएको छ। जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो।
थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान, मुख्यमन्त्रीको राजीनामाका कारण हुन नसकेकाले नयाँ सरकार गठनको पक्षमा पुरानो हृवीप नलाग्ने दाबी गर्दै थापा सर्वोच्च अदालतमा रिट हालेका थिए।
थापाको रिटमा जेठ २३ गते प्रारम्भीक सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो।
काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक...
काठमाडौं, १ मंसिर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न...
काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...