
नयाँ बिकल्प,
काठमाडौ । केपी ओली नेतृत्वको सरकारमा सहभागी जनता समाजबादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारले जारी गरेको नागरिकता सम्वन्धी अध्यादेशलाई सर्वोच्च अदालतले खारेज गरेको भन्दै असन्ुतष्टि जनाएका छन्।
जनता समाजबादीको तर्फबाट ओली नेतृत्वको सरकारमा बुधबार सहभागी भएका पार्टी नेता राजकिशोर यादवको स्वागतमा शुक्रबार पार्टी कार्यालय बबरमहलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश खारेजप्रति असन्तुष्टि जनाएका हुन्।
अध्यक्ष ठाकुरले नागरिकताबिहीन मधेशी समुदायको बर्षौंदेखिको मागलाई संवोधन गर्न सरकारले ल्याएको नागरिकता सम्वन्धी अध्यादेश अदालतले खारेज गरेको घटनाले आफूहरुलाई दुखित तुल्याएको बताए।

यादवको स्वागतमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै जसपाका नेता तथा सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले मन्त्रिपरिषद्मा आधा हिस्सा जसपाको काँधमा रहेको भन्दै जस्तासुकै चुनौतिलाई सामना गरेर भए पनि यस्तो अवसरकारलाई नछाड्ने बताए।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री राजकिशोर यादवले पार्टीको हितमा आफूले काम गर्ने भन्दै बिरोध र असहयोग भन्दा समर्थन र सहयोगको लागि पार्टी कार्यकर्ता र नेताहरुलाई आग्रह गरे।

सो अवसरमा नवनियुक्त मन्त्री यादवलाई अध्यक्ष ठाकुर, उपप्रधानमन्त्री महतो, उर्जामन्त्री शरतसिंह भण्डारी, नेता सर्वेन्द्रनाथ शुक्ला, मन्त्रीहरु विमलकुमार श्रीवास्तव, अनिल झा, चन्दा चौधरीले फुलमाला, अबिर र खादा लगाएर स्वागत गर्दै लड्डु र मिठाइ वाँडेका थिए।


काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...