गण्डकी प्रदेशमा बहुमतको सरकारका लागि दाबी पेश गर्न दलहरुलाई २४ घण्टा समय – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

गण्डकी प्रदेशमा बहुमतको सरकारका लागि दाबी पेश गर्न दलहरुलाई २४ घण्टा समय


नयाँ बिकल्प,

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बागुरुङ नेतृत्वको प्रदेश सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टा भित्र बहुमतको सरकार बनाउने आधार पेश गर्न दलहरुलाई आव्हान गरेकी छन्।

एमाले नेता गुरुङले विहीबार प्रदेशसभामा राख्नु भएको विश्वासको मत लिने प्रस्ताव बहुमतले अश्वीकृत भएपछि प्रदेश प्रमुख पोडेलले शुक्रबार संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी हुन्।

प्रदेश प्रमुखको कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठनको दाबी पेश गर्न समयसीमा तोकिएको छ।

नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले शुक्रबार नै सरकार बनाउन आवश्यक पर्ने बहुमत अर्थात ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो बहुमत रहेको दाबी गर्ने तयारी भएको छ।

गण्डकी प्रदेशमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सरकारको नेतृत्व गर्ने पहल गरिरहेका छन्। प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पदबाट राजीनामा दिएसँगै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको हो।

मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिँदा पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । मनाङले मन्त्री पदबाट राजीनामा दिएर सघाउने घोषणा गरेपछि ३१ मत पुगेको छ। यससँगै गण्डकीमा विपक्षी गठबन्धनलाई बहुमत पुगेको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ २८, १७: ३२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ २८, १७: ३२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ २८, १७: ३२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...