
नयाँ विकल्प,
काठमाडाैं- कोरोनाभाइरसको संक्रमणलाई न्यूनीकरण गर्न जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दैछन्।
निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बैठकमा बस्न लागेको हाे । बैठक आज दिउँसो दुई बजे बैठक बस्न लागेको हो।
अहिले जारी निषेधाज्ञा सोमबार सकिँदैछ। त्यस अगावै छलफल गरेर आदेश जारी गर्ने प्रशासनको तयारी छ। जारी निषेधाज्ञा समयावधि भोलि सकिदै छ ।
अबकाे बैठकले यो निषेधाज्ञा बढाउने कि के गर्ने भन्नेबारेमा छलफल पछि निर्णय लिने छ । बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएको मा एक घन्टा थपेर १० बजेसम्म खुल्न दिने प्रशासनले तयारी थालेको छ।
स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भीडभाड बढी गर्नुले संक्रमणदरमा सुधार नआएको बुझाइ जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को ठहर छ।
निषेधाज्ञा वा लकडाउन स्थानीय प्रशासन ऐनअन्तर्गत जारी गरिने गरिएको छ। यसमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र रहन्छ।
त्यसमा स्थानीय निकाय, स्वास्थ्यका प्रतिनिधिलगायत सरोकारवालाहरू रहन्छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...