दीर्घकालिन असर पार्ने सरकारको आदेश नमान्न गरिएको आग्रहको गाम्भीर्यता – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
५ पूर्वप्रधानमन्त्रीले किन गरे प्रशासन र सुरक्षा निकायलाई यस्तो आग्रह

दीर्घकालिन असर पार्ने सरकारको आदेश नमान्न गरिएको आग्रहको गाम्भीर्यता



नयाँ बिकल्प,

काठमाडौं । संविधान अनुसार संघीय संसदमा प्रतिनिधि भएर बहुमत सदस्यले प्रधानमन्त्रीमा चुनेका केपी शर्मा ओलीको एकपछि अर्को संविधानबिरोधी र राष्ट्रियता बिरोधी क्रियाकलापलाई नियन्त्रण गर्न सार्वजनिक आव्हानमा उत्रन बाध्य भएका छन्।

सिंगो मुलुक कोभिड संक्रमणका कारण थिलथिलो मात्र होइन, हजारौं नगारिकले ज्यान गुमाईहरेको अवस्थामा समेत सत्ताको खेलमा रम्दै आफूसँग फरक बिचार राख्नेहरुलाई निमिट्यान्नै पार्ने अभियान चालेपछि पूर्व ५ प्रधानमन्त्रीहरु ओली नेतृत्वको सरकारको आदेश पालना नगर्न आव्हान गर्नु पर्ने तहसम्म पुगेका हुन्।

पाँच पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डाक्टर बाबुराम भट्टराईले सरकारले गरेको दीर्घकालिन असर गर्ने किसिमका कुनै पनि आदेश पालना नगर्न प्रशासन र सुरक्षा निकायलाई चेतावनी दिएका हुन्।

संयुक्त प्रेस वक्तब्य शनिबार जारी गर्दै उनीहरुले प्रधानमन्त्री ओलीका गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको निष्कर्ष समेत निकालेका छन्।

ओली नेतृत्वको काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको ठहर गर्दै उनीहरुले यस्तो गलत निर्णयबाट नेपालको भू–बनौटमा असर पर्न गई गम्भीर पर्यावरणीय समस्या सिर्जना हुने चेतावनी दिएका छन्।

चुरे र महाभारत श्रृंखलामा हुने त्यस्तो उत्खननबाट जंगल विनाश हुने र पानीका मुहानहरू सुक्ने तथा तराई क्षेत्र मरुभूमीकरण हुने स्थिति उत्पन्न हुने भन्दै उनीहरुले अपीलमा भनेका छन्, ‘आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीब्र विरोध गर्दै तत्काल त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौं ।’

उनीहरुले काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी यस्ता गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अन्य निकायलाई समेत आग्रह गरेका छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ ३०, १२: ४९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ ३०, १२: ४९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ ३०, १२: ४९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...