
नयाँ बिकल्प,
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आईतबार बसेको बैठकले उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ।
काठमाडौंमा गत बैशाख १६ गतेदेखि लगातार सरकारले निषेधाज्ञा लगाउँदा दैनिक ज्यालादारी गर्ने, श्रमिक र मासिक बेतनधारी उपत्यकाबासीको दैनिकी कष्टकर हुँदै गएको छ । निम्न आय भएका उपत्यकाबासी रोजगारी र व्यवसाय बन्द हुँदा कष्टकर जीवनयापन गरिरहेका छन्।
कोरोना संक्रमणको जोखिम कायमकै रहेकाले निषेधाज्ञा ७ असारसम्म जारी राख्ने निर्णयमा आफूहरू पुगेको काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
बैठकले तरकारी र खाद्यान्नका पसल बिहान ९ बजेबाट बढाएर ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । बैठकले १ असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पुस्तक पसल खोल्न दिने निर्णय गरेको छ।
बैठकले विकास निर्माणका काम र कृषिका कामलाई केही सहज बनाउने पनि निर्णय गरेको छ । कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्दै आएका छन्।
कोभिड संक्रमणलाई नियन्त्रण गर्न सरकारले फागुन मसान्तसम्म सबै नेपालीलाई कोभिड –१९ बिरुद्धको खोप लगाउने घोषणा गरेको थियो । तर, भारतबाट खरिद गर्न भूक्तानी दिइ सकेपनि पहिलो चरणको खोप आए पनि दोश्रो लटको खोप नेपालकै बिचौलिया ठेकेदारले कमिसन नपाएको भन्दै रोकेका थिए।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...