संविधानको धारा १८७ विपरित संसदमा बोल्दा बैद्यलाई हत्या दुरुत्सान मुद्धा चलाएकाप्रति काग्रेसको आपत्ति – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

संविधानको धारा १८७ विपरित संसदमा बोल्दा बैद्यलाई हत्या दुरुत्सान मुद्धा चलाएकाप्रति काग्रेसको आपत्ति


नयाँ बिकल्प,

हेटौंडा। वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई जिल्ला प्रहरी कार्यालयले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिकै कारण देखाएर हत्या दुरुत्साहनको मुद्धा चलाइएको छ।

नेपालको संविधानको धारा १८७ को प्रदेश सभाको विशेषाधिकार अन्तरगत उपधारा १ मा ‘संविधानको अधीनमा रही प्रदेश सभामा पूर्ण वाक् स्वतन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुानामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन’ भने व्यवस्था गरेको छ।

तर प्रदेशसभामा अभिव्यक्ति दिएकै आधारमा उनको काम कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार प्रदेश सभालाई मात्र रहेको उपदफा २ मा उल्लेख छ। तर आइतबार मात्र जिल्ला प्रहरी कार्यालय मकवानपुरले कांग्रेसका सांसद बैद्यलाई हत्या दुरुत्सानको मुद्धा चलाउने तयारी गरेको थियो।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रहरीले सोमबार सांसद बैद्यलाई हत्या दुरुत्साहनमा मुद्धा चलाउने प्रक्रिया थालेकोप्रति आपत्ति जनाएको छ। कांग्रेसका प्रदेश सभा सदस्य वैद्यले बागमती प्रदेशको २०७८÷७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा जेठ २८ को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू नाथुराम गोड्से बन्न तयार रहेको आपत्तिजनक शब्द प्रयोग गरेका थिए।

सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि जेठ २९ गते वैद्यले संसदबाटै आफ्नो अभिव्यक्ति फिर्ता लिदैँ संसदको रेकर्डबाट हटाउन अनुरोध गरेका थिए। वैद्यको अभिव्यक्तिलाई प्रदेशसभाको सचिवलयले रेकर्डबाट समेत हटाइसकेको छ।

बैद्यको सो अभिव्यक्तिले हत्या दुरुत्साहन गरको भन्दै नेकपा एमाले मकवानपुरको भ्रातृ संगठन युवा संघ नेपालका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्धा दायर गरेका थिए।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्य वैद्यको अभिव्यक्ति कांग्रेसको आदर्श, नीति, संसदीय अभ्यास र गरिमा विपरित भएकाले फिर्ता लिन निर्देशन गरेको र लगत्तै फिर्ता लिइसकेपछि उक्त विषय टुंगिइसकेको भन्दै सरकारको दबाब र प्रभाव तथा राजनीतिक प्रतिशोधका आधारमा मुद्धा दायर भएको जनाएको छ।

संविधानले दिएको प्रदेशसभा सदस्यको अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको बर्खिलाप बदनीयतपूर्ण तवरले दर्ता गरिएकाले मुद्धा फिर्ता लिन कांग्रेसले माग समेत गरेको छ। कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अभिव्यक्ति फिर्ता लिइसकेको र संसदको रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा मुद्धा दर्ता भएको प्रति आपत्ति जनाए।

उनले भने, ‘युवा संघको एउटा व्यक्तिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा दर्ता गर्ने प्रहरी कार्यालय मकवानपुरप्रति घोर आपत्ति छ। संविधान, कानुन, मुलुकको संसदीय मर्यादाको बर्खिलापमा गरिएको दर्ताप्रति हाम्रो घोर आपत्ति छ।

सो मुद्धा तत्काल फिर्ता लिने काम भएन, यसलाई अगाडि बढाएमा कांग्रेस संसदीय दल प्रदेश सभामा डटेर प्रतिवाद गर्ने र जुनसुकै मुल्य चुकाउन पनि तयार रहेको बानियाले बताए।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ जेष्ठ ३१, १७: ४८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ जेष्ठ ३१, १७: ४८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ जेष्ठ ३१, १७: ४८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...