
नयाँ बिकल्प,
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र ‘नेपाली’ पोखरेलले मनाङ्गमा भएको वाढी पहिरो प्रभावित परिवारलाई तत्काल उद्दार तथा आवश्यक सहयोग गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ।
मुख्यमन्त्री नेपालीले मनाङ्गका प्रमुख जिल्ला अधिकारीसंग टेलिफोनमा सम्पर्क गरी धनजनको क्षति न्युनिकरणका लागि कुनै कमी हुन नदिने निर्देशन दिएका हुन्।
वाढी, पहिरो प्रकोप लयायत कुनै पनि विपदबाट नागरिकको जीवन रक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको जानकारी दिँदै उनले आवश्यक परे थप सहयोग गर्ने बचन दिएका थिए।
मुख्यमन्त्री नेपालीले प्रदेशभरका सबै सुरक्षा निकाय र सरोकारवालालाई विशेष सुरक्षा सतर्कता अपनाउन र विपद न्यूनीकरणमा लाग्न निर्देशन दिएका थिए।
सोमबारदेखि लगातर परेको झरीले मनाङ्गको चामे र नासो गाउँपालिकाका दर्जनौं घरहरु बाढी पहिरोले वगाएको स्थनीय प्रशासनले अवगत गराएको पत्रकार केवी रानाले जनाए।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...