दैनिक उपभोग्य बस्तु र इलोक्ट्रोनिक्स सामग्री खरिदका लागि ‘किन्नीहो डटकम’ शुरुआत – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

दैनिक उपभोग्य बस्तु र इलोक्ट्रोनिक्स सामग्री खरिदका लागि ‘किन्नीहो डटकम’ शुरुआत


नयाँ बिकल्प,
काठमाडौ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकैठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श वेवसाइट किन्निहो डटकम (www.kinniho.com) सुरुभएको छ ।

कोरोना महामारीको बेला ग्राहकरु आफूलाई चाहिने सामान भौतिक उपस्थित भएर खरिद गर्न असमर्थ भएको बेला ई–कमर्श व्यवसायमा सबै किसिमका ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ ईकमर्श वेवसाइट शुरु गरेको कम्पनीले जनाएको छ।

कम्पनीले वेवसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक्स, स्टेशनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरंजनसम्बन्धी सामग्रीहरु उपलब्ध गराएको छ भने आफ्नै मार्ट पनि सुचारु गरेको छ।

किन्निहोले ग्राहक सेवालाई मध्यनजर गर्दै सबै किसिमका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउने उदेश्य राखेको छ । त्यस्तै, ग्राहकलाई एक महिनासम्म फ्री डेलिभरी सेवा प्रदान गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नरेश पोखरेलले बताए।

नयाँ वेवसाइटमा सबैकिसिमका पेमेन्ट गेटवेहरुबाट अनलाईन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने पोखरेलले जनाए।

कम्पनीले विगत एक दशकदेखि न्यू मुक्तिनाथ ट्रेडर्स एण्ड सप्लायर्सको नामबाट थोक तथा खुद्रा ब्यवसायको रुपमा कागज तथा पब्लिकेशनका लागि चाहिने सम्पूर्ण सामानहरु र घरायसी सामान, किचनवेयर, ईलोक्ट्रोनिक सामान तथा अन्य वस्तु र सेवा उपलब्ध गराउदै आएको थियो।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २, १६: ४२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २, १६: ४२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २, १६: ४२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...