पूर्वमन्त्री प्रभु साह सहभागी नगरसभामा झडप – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पूर्वमन्त्री प्रभु साह सहभागी नगरसभामा झडप


नयाँ विकल्प,


राैतहट- रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच विवाद भएपछि झडप भएको छ।

आज पाँचौं नगरसभामा प्रमुख अतिथि नेकपा एमालेका नेता प्रभु साह थिए। साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप भएको हो। साह नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका थिए।

नगर सभामा बजेट पेश गर्ने र विपक्षी पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए। प्रहरीले झडप रोक्न अश्रु ग्यास पनि प्रहार गरेको छ।

केहीबेर अघिसम्म चार राउन्ड अश्रु ग्यास प्रहार गरिएको उनले बताए।

भिड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको उनको भनाइ छ।


मौलापुरको मेयर रीनाकुमारी साह हुन्। प्रभु साह मेयर रीनाकुमारीकी श्रीमान् हुन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १०, १३: ५३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १०, १३: ५३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १०, १३: ५३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...