सर्लाहीको भक्तिपुरमा वडाध्यक्षको एक्स्काभेटरको कबेट प्रहार गरी हत्या – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सर्लाहीको भक्तिपुरमा वडाध्यक्षको एक्स्काभेटरको कबेट प्रहार गरी हत्या


नयाँ बिकल्प,

सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं.–३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरका चालकले बकेट प्रहार गरी हत्या गरेका छन्।

आफ्नो वडामा रहेको पोखरीको निरीक्षणमा शुक्रबार साँझ पुगेको बेला वडाध्यक्ष श्रेष्ठलाई एक्स्काभेटरका चालक बरहथवा नगरपालिका–१ का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङले सामान्य बादबिबाद भएपछि एक्सभेटरको बकेटले छाति र टाउकोमा प्रहार गरी हत्या गरेका हुन्।

पोखरीको सौन्दर्यकरणको भौतिक काममा स्थानीय ठेकेदारलाई दिएपछि त्यहाँ ल्याइएको जेसिबी (एक्स्काभेटर) का चालकसँग वडाध्यक्ष श्रेष्ठले साँझ स्थानीय होटलमा खाजा खाँदै गर्दा विभाद भएको थियो।

पछि चालक तामाङले जेसीबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई बकेटले हानेका थिए। एक्स्काभेटरको प्रहारबाट लडेका घाइते वडाध्यक्ष श्रेष्ठलाई चालक तामांगले लडाए र माटोले पुरिदिएका थिए।

घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा पुर्याएको थियो।

अस्पतालका चिकित्सकले वडाध्यक्षलाई मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुसन्धानमा घटनाबारे पूर्व योजना नभई आवेश वा आक्रोसमा आएर घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

शुक्रबार वडाध्यक्ष श्रेष्ठसँग रहेका ठेकेदार प्रेमराज दाहाल र चालक तामाङलाई शनिवार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ।

नगरपालिका प्रमुख मनोज कुमार देवकोटाले पोखरी हेर्न जानुअघि शुक्रबार साँझ स्थानीय होटलमा वडाध्यक्ष श्रेष्ठ, ठेकदार दाहाल र एक्स्काभेटर चालक तामाङले सँगै खाजा खाएका थिए। खाजा खानेक्रममै श्रेष्ठ र तामाङबीच सामान्य बिबाद भएको थियो।

पोखरी हेरेर फर्किने क्रममा चालक तामाङले श्रेष्ठको टाउको र छातीमा बकेटले हिर्काएको नगरप्रमुख देवकोटाले बताएका छन्।

इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरमा मुखलाल दास पोखरीको मर्मत सम्भारको काम भइरहेको थियो। सिंचाइका लागि पानी जम्मा गर्न सो पोखरी निर्माण गरिएको थियो। नगरपालिकाको बजेटमा हाल सो पोखरीको मर्मत सम्भार भइरहेको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १२, १५: ०५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १२, १५: ०५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १२, १५: ०५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...